भीरकोट नगरपालिकाद्धारा अनुदानमा हाते ट्याक्टर वितरण
वालिङ :
भीरकोट नगरपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुका लागी हाते ट्याक्टर वितरण गरेको हो । ट्याक्टर हस्तान्तरण गर्दै नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भीरकोटलाई कृषिमा आत्मनिर्भर बनाउनका लागी कृषकलाई आवश्यक उपकरण तथा विउविजन समेत वितरण गरेकाे बताउनु भयाे ।
सहुलियत कार्यक्रमलाई सहि रुपमा उपयोग गर्न उहाँकाे आग्रह छ ।
परम्परागत खेति प्रणालीमा धेरै श्रम र समय खर्चनुपर्ने भएकाले कृषकहरुलाई आधुनिक प्रणालीबाट कृषि खेतिमा लाग्न आग्रह गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने नगरप्रमुख कर्माचार्यले बताउनुभयाे । सोमबार ६० ओटा ट्याक्तर वितरण गरिएको छ । २० ओटा पेट्रोलबाट चल्ने र ४० ओटा डिजेलबाट चल्ने हाते ट्याक्टर वितरण गरिएको हो ।
जसमा पेट्रोलबाट चल्ने ३० हजारको हाते ट्याक्टरलाई कृषकले १५ हजार तिरेर लगेका छन् भने पो डिजेलबाट चल्ने ४९ हजारको ट्याक्टरलाई २४ हजार ५०० रुपैँया तिरेर लगेका हुन् । वडा नं. १, २ र ६ का कृषकहरुलाई वितरण गरिएको हो भने आजदेखि क्रमश अन्य वडाका कृषकहरुलाई पनि वितरण गरिँदै जाने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस अघि सूचना मार्फत कृषकहरुलाई ट्याक्टरको माग निवदेन पेश गर्न आग्रह गरिएको र सोहि मागको आधारमा कृषि फर्म, कृषि समुह तथा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताउनुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ को वार्शिक स्वीकृत विशेष अनुदानको एकिकृत कृषि विकास कार्यक्रम अन्र्तगत साझेदारीमा कृषि यन्त्रिकिकतरणका लागी कृषकको मागको आधारमा उपकरण हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत ढुंगानाले बताउनुभयो । वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि साखाका कर्मचारीहरुको समेत सहभागिता रहेको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


