चापाकोटमा पनि कर सहायता कक्ष स्थापना
चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकामा पनि कर सहायता कक्षको स्थापना गरिएको छ। नागरिकलाई आफ्नै स्थानीय तहबाट कर सम्बन्धी आधारभूत जानकारी, सोधपुछ तथा सहायता प्रदान गर्नको लागि करदाता सेवा कार्यालय स्याङ्जा र पालिकाको समन्वयमा कर सहायता कक्षको स्थापना गरिएको हो ।
“कर प्रशासन प्रविधिमैत्री बन्दै गएको वर्तमान परिप्रेक्षमा नागरिकहरूमा कर सम्बन्धी वित्तीय र डिजिटल साक्षरता नहुँदा सानो कामको लागि पनि करदाता सेवा कार्यालय, पुतलीबजार जानुपर्ने बाध्यता अन्त्य गर्न कर सहायता कक्षको स्थापना गरिएको हो ।” करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालले भने, “कर सहायता कक्षबाट पालिकाले तोकेको कर्मचारीबाटै नागरिकहरूले कर सम्बन्धी वित्तीय र प्राविधिक विषयमा पर्याप्त जानकारी प्राप्त गर्न सक्नेछन् ।”
चापाकोट नगरपालिकाको ३ जना कर्मचारीलाई कर सहायता कक्षको फोकल पर्सनको जिम्मेवारी दिएको छ। आन्तरिक लेखापरीक्षक सुदीप पौडेल, स्टोर किपर राम विनय महत्तो र लेखापाल अनिस मगरलाई कर कार्यालयसँग सम्बन्धित सम्पूर्ण कागजात र अनलाइन सेवाका लागि नागरिकहरूलाई सहजीकरण गरिदिने जिम्मेवारी दिइएको पालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख देव बहादुर खाँण (ईश्वर)ले जनतालाई आफ्नै स्थानीय तहमा कर सम्बन्धी सम्पूर्ण जानकारी दिन र आवश्यकता अनुसार सहजीकरण गर्न पालिकाको पहलमा कर सहायता कक्षको स्थापना गरिएको बताए । कर सहायता कक्षबाट स्थानीय स्तरमा कार्यरत आमा समुह र युवा क्लब बढी लाभान्वित हुने खाँणले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०र८१ भित्रै आवश्यकता अनुसार जिल्लाका ११ वटै स्थानीय तहमा कर सहायता कक्ष स्थापना गर्ने तयारी भैरहेको करदाता सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख भुसालले जानकारी दिए । पालिकामा कर सहायता कक्ष स्थापना हुनुलाई संघ र स्थानीय तहबीच हुनुपर्ने समन्वयको रूपमा बुझ्नुपर्ने भुसालले बताए ।
चापाकोट कर सहायता कक्ष स्थापना भएको दोस्रो स्थानीय तह हो । अर्जुन चौपारी गाउँपालिकामा यस अघिनै कर सहायता कक्ष स्थापना भैसकेको छ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


