देवकोटा जन्मजयन्तीमा कविता प्रतियोगिता

स्याङ्जा :

आँधीखोला गाउँपालिका–६ फापरथुमको आनन्दआश्रम ज्ञान केन्द्र स्याङ्जाले अन्तर मावि कविता प्रतियोगिता तथा साहित्यिक गोष्ठि गरेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीमा अवसर पारेर आइतबार ज्ञान केन्द्रले  कविता प्रतियोगिता गरेको हो ।

कविता वाचन प्रतियोगितामा प्रद्युम्न पनेरु माविकी छात्रा शिखा सुनार प्रथम बन्दै पाँच हजारसहित प्रमाणपत्र हात पार्नुभएको हो । यस्तै द्धितीय रजस्थल माविकी छात्रा सदीक्षा बराल बन्दै तीन हजार, तृतिय श्रवण माविकी छात्रा सुशीला पौडेलले दुई हजार र सेपत माविकी सुजाता लामिछाने सान्त्वना हुँदै एक हजार  प्राप्त गनुभएको हो ।

‘व्यक्ति–व्यक्ति सिर्जनाकार : घरघर साहित्यकार’ भन्ने मूल नाराका साथ  गरिएको प्रतियोगितामा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. कृष्णराज अधिकारीले परिवेश अनुरुपको चित्रण गरिएको सिर्जना यथार्थमूलक र सुन्दर हुने बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य नारायण मरासिनी, गण्डकी साहित्य सङ्गम पोखराका अध्यक्ष भीम रानाभाट र प्रगतिशील लेखकसंघ स्याङ्जाका अध्यक्ष चिन्तु गिरी, ज्ञानकेन्द्रका संस्थापक संरक्षक त्रिलोचन ढकालले मन्तव्य राख्नुभएको हो ।

आश्रमबाट नियमित रुपमा यस्ता साहित्यिक कार्यक्रम हुँदै आएको र यो नवौं शृखला भएको केन्द्रले जनाएको छ ।

Facebook Comments Box
TOP