सबैभन्दा कान्छा अर्बपति, ९ वर्षको उमेरमै अर्बौंको मालिक
नौ वर्षको उमेरमा हामी धेरैलाई एक अर्ब भनेको कति हो ? भन्ने पनि थाहा हुँदैन । तर सबैको जीवन एउटै कहाँ हन्छ र ? नाइजेरियाका एक बालक ९ वर्षको उमेरमै अर्बपति बनेका छन् र आलिशान जिन्दगी बिताइरहेका छन् । उनको जिवनशैली कारण उनी संसारका सबैभन्दा कम उमेरका अर्बपतिको नामले चिनिन्छन् ।
उनको नाम मोहम्मद अवाल मुुस्तफा उर्फ मोम्फा जुनियर हो । आलिशान जिन्दगी बिताइरहेका मुस्तफाका लागि ६ वर्षको उमेरमै पहिलो हबेली खरिद गरिएको थियो ।
नाइजेरियाको लागोसमा बस्ने मोम्फा जुनियर नाइजेरियाली इन्टरनेट सेलिब्रेटी तथा अर्बपति इस्माइलिया मुस्तफाका छोरा हुन् । मोम्फा आफैं पनि इन्टरनेट सेलिब्रेटी हुन् ।
सुपरकारहरूसँगै तस्वीर खिचाउँछन् । एउटा तस्वीरमा उनी निजी जेटभित्र बसेर खाना खाइरहेको देखिन्छ । उनीसँग पहेंलो रङको फरारी, बेन्टले फ्लाइंग स्पर, रोल्स रोयस व्रेथलगायतका सुपरकार छन् ।
एजेन्सी
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


