वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन ।
काठमाण्डौ:
वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उनको निधन भएको हो ।
मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका थिए । आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका हुन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


