अमेरिकामा हिमआँधी, आपत्कालीन अवस्था घोषणा ।
काठमाण्डौ:
संयुक्त राज्य अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात भएपछि आएको आँधीका कारण जनजीवन प्रभावित भएको छ ।
चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ । विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री गाडीमा बोक्न आग्रह गरेको छ । हिमआँधीमा पसे गाडीभित्रै सुरक्षित रहनका लागि विभागले यस्तो आग्रह गरेको हो ।
यस्तै, भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । त्यहाँका सरकारले सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् ।
अमेरिकाका सात करोड ५० लाख मानिस हिमआँधीको चपेटामा पर्न सक्ने पनि खबरमा उल्लेख गरिएको छ । भारी हिमपात र हुरीका कारण पाँच हजारभन्दा धेरै हवाई उडान रद्द गरिएका छन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


