स्याङ्जा :
आयआर्जनको राम्रो स्रोत बनेको कुमाल समुदायको माटोको भाडा बनाउने पेसा प्लास्टिक भाँडाको प्रभावले ओझेलमा पर्दै गएको छ । माटाका भाँडा बिक्री गरेर आफ्नो परिवारको गुजारा चलाउँदै आएका समुदायहरू पेसा सङ्कटमा पर्न थालेपछि स्याङ्जाको चापाकोट ८ दामाचौरका कुमालहरू इतिहास जोगाउन भन्दै संग्राहलय निमार्ण गरेका छन् । पुराना पुस्ताले गरेको काम नयाँ पुस्तालाई जानकारी गराउन संग्राहयले सहयोग पुग्ने विश्वास स्थानीयले लिएका छन् ।
आदिवासी जनजाति मध्यको एक जाती हो कुमाल समुदाय । यी समुदाय खोला किनार ,बेसी ,टार फाटहरुमा बसोबास गर्दछन् । कुमालको पूख्यौली पेसा भनेकै माटोको भाडा बनाउने हो । तर पछिल्लो समय बजारमा पाइने प्लास्टिक भाँडाको प्रभावले ओझेलमा पर्दै गएको छ । आम्दानीको राम्रो स्रोत बनेको माटोको भाडा बनाउने पेसा सङ्कटमा पर्दै जान थालेपछि स्याङ्जाको चापाकोट ८ दामाचौरका कुमाल समुदायले पुराना कुरा अवलोकन गर्ने मील्नेगरी कुमाल संग्राहलय निमार्ण गरेका छन् । संग्रालयमा कुमाल समुदायका भेसभुसा तथा संस्कृति झल्कने सामाग्रीहरू राखिने भएकाले जातीय पहिचान रहने विश्वास समुदायले लिएका छन् ।
दामाचौरमा करिब एक सयभन्दा बढीको सङ्ख्यामा कुमालहरू बसोबास गर्दछन् । यहाँ बस्ने प्राय सबैले भाडा बनाउने काम छोडी सकेका छन् । संग्राहलय निमार्णका लागी गण्डकी प्रदेशको २५ लाख बजेट विनियोजन भएपछि तिन रोपनी क्षेत्रफलमा झट्ट हेर्दा भ्यु टावर जस्तो देखिने संग्राहलय निमार्ण गरिएको हो । कुमाल समुदायले माटोको भाडा बिक्री गरेरै दैनिकी चलाउने गरेको भएता पनी पछिल्लो समय उनीहरूको पेसा सङ्कटमा पर्न थालेपछि कुमाल इतिहास नामेट हुन वाट बचाउनका लागी जिल्लामै पहिलो कुमाल संग्राहलय निमार्ण गरिएको गण्डकी प्रदेश सांसद महेश भट्टराईले बताउनुभयो ।
जसरी प्लास्टिकका सामग्रीले कुमाल समुदायको माटाको भाडाहरू विस्थापित हुँदा आय आर्जनको हराउँदै गएको छ । त्यसै गरी उनीहरूले गरेका कामहरू हराउन नदिन निमार्ण गरिएको कुमाल संग्रालयको निमार्णले उनीहरूको इतिहास रहने विज्ञहरू बताउँछन् ।