बालन संरक्षणमा सक्रिय बन्दै स्याङ्जा र पाल्पाका युवाहरु ।
वालिङ :
धार्मिक मेला, जात्रा तथा पर्व, उत्सव, महोत्सव जस्ता विशेष समारोहमा देखाइने वालन नाच प्रति युवापुस्ताहरुको आकर्षण बढेको छ । धर्म,संस्कार र संस्कृतिसँग जोडिएको बालन नाच संरक्षण र जगेर्ना गर्न स्याङ्जा र पाल्पा युवाहरुले सक्रियता देखाएका हुन् ।
वालन नाँच धार्मिक महत्व र दश अवतारको रुपमा रहेकोले विशेष मध्यनजर गर्दै स्याङ्जा तथा पाल्पाका युवाहरुले यसको संरक्षणमा सक्रियता देखाएका हुन् ।
बिषेशगरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । ब्राहृमण क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई बाहुन नाच पनि भनिन्छ । पश्चिमा संस्कृतिको प्रभावसगै केही वर्ष यता बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । ब्राहमण, क्षेत्री बाहेक अन्य समुदायमा कम प्रचलित बालन नाच देवीदेवताको दश अवतारमा आधारित रहेको पाइन्छ । सृष्टिकाल देखिका भगवानका लीला र अवतारहरूको वर्णन बालनमा गरिन्छ । बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका दश अवतारलाई लिईन्छ । बालन नाच विशेषगरी गण्डकी सभ्यताको विकाससँगसँगै भगवानका बाललिलाहरुको अवगाहन गराई समस्त दुःखपीडा र अशान्तिबाट मुक्ति दिने बालनको संरक्षणका लागि वैष्णव संस्कृतिको उद्गम भूमि गण्डकी तटीय क्षेत्रका भक्तहरु लागि परेका कालीगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णजी प्रभुले बताउनु भयो ।
बालन टोलीमा बालन गाउने र नाच्ने धेरै जनाको समूह बनाइन्छ । रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि बालन नाच नेपाली समाजमा विशेष आकर्षणको रुपमा रहदै आएको छ ।
बालनको पहिलो चरणमा भगवानको आरतीबाट सुरु गराएर देवीदेवताहरू जगाउने गरिन्छ । बालन गायन र नृत्यसंगै अत्यन्त रमाइलो लाग्ने हुनाले यस क्षणमा भगवानका अवतारहरूको अभिनय गरिने चैतन्य कृष्णको भनाई छ ।
कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंस आदिको अभिनय सँगसँगै नृत्य पनि देखाइने गरिन्छ । लामो गायन तथा नाच देखाउनका लागि धेरै झन्झटिलो हुने हुदाँ अहिलेका पुस्ताहरुमा खासै आकर्षण बन्न सकेको छैन । त्यसैले लोप हुन लागेको बालन नाचको संरक्षण लागी कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानले युवाहरुलाई सक्रिय बनाएको हो ।
बालनमा रामचरित्र, कृष्णचरित्र, दस अवतारको कथा सकिएपछि भक्तजनका परिवारलाई मण्डपमा राखेर वरिपरि बालनले फूल अक्षता चढाएर आशीष दिदै बालन टुङ्ग्याईन्छ । लयवद्ध गाइने बालन धार्मिक गीत धेरै नै लामो हुन्छ । नेपाली संस्कृतिको एक महत्वपूर्ण पक्ष बालनको संरक्षणको लागि तीन तहकै सरकारदेखि सरोकारवाला निकायले महत्व दिनुपर्ने चैतन्य कृष्णको भनाई छ । उहाँका अनुसार पछिल्लो समय प्रतिष्ठानको सक्रियतामा पाल्पा र स्याङ्जाका युवाहरु यो जान सिक्न व्यवस्त रहेका छन् ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…