सुनिल खड्का कमेडी च्याम्पियन सिजन-३ का विजेता ।
काठमाण्डौ:
कमेडी च्याम्पियन सिजन-३ का विजेता सुनिल खड्का बनेका छन्।
शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।
उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्। फस्ट रनर अप भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरे भने सेकेन्ड रनरअप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गरे।
चार महिनासम्म चलेको कमेडी च्याम्पियन्सको सिजन थ्रीमा कलाकारहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


