वालिङ महोत्सवकाे साताै दिन : दर्शकहरुको घुँइचो उत्तिकै ।
वालिङ :
स्याङ्जाको वालिङमा जारी वालिङ महोत्सवमा दर्शकहरुको सहभागिता उत्तिकै रहेको छ । दैनिकरुपमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ ।
यही माघ २८ गतेसम्म सञ्चालन हुने महोत्सवको सातौंदिन सम्म आईपुग्दा महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुको प्रस्तुतिकासाथै स्थानीय प्रतिभा प्रस्फुटन हुने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
यसैबीच आज बुधबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता गतिविधीले उमङ्ग र उत्साहकासाथै महोत्सवलाई थप उर्जा प्रदान गरेको स्पष्ट छ ।
आजको प्रस्तुतिमा रचना रिमाल, प्रकाश पराजुली, सुजन लम्साल, उमादेवि खनाल लगायत राष्ट्रिय कलाकारको प्रस्तुतिले दर्शकहरुलाई झुमाएको थियो ।
सागर लम्साल बलेको हास्य प्रस्तुति र सृजना गुरुङको नृत्यले थप मनोरञ्जित बनाएको थियो । यसैगरी भोलि बिहिबार राष्ट्रिय कलाकार पूर्णकला विसी, चोलेन्द्र पौडेल, गोपाल जिटी, इन्द्रा गुरुङ, सीता परियार र गोविन्द रिजालकोसाथमा लोक आधुनिक तर्फ रमेशराज भट्टराई एवम् नृत्यकार सृष्टि बिकको प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । यसैगरी हास्यतर्फ पुर्खे बा को विशेष प्रस्तुति रहने पनि कलाकार संयोजन उपसमितिका संयोजक खनालले बताउनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


