सन्तोष थापा स्मृति कप भलिबलको उपाधि बागलुङलाई,स्याङ्जा परािजत ।
स्याङ्जा :
बागलुङले प्रथम सन्तोष थापा स्मृति कप भलिबल-२०८० को उपाधि जितेको छ । बागलुङले स्याङ्जालाई ३–१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले गर्दै उपाधि जितेको हो ।
पहिलो सेट गुमाएको बागलुङले खेलमा फर्कँदै उपाधि चुमेको हो । चापाकोट नगरपालिका–९ सुन्तलीटारको गङ्गालाल खेल मैदानमा भएको खेलमा उपाधि जितेको बागलुङले एक लाख ५० हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ। उपबिजेताले भएको स्याङ्जाले एक लाख हात पारेको छ।
प्रतिगोयतामा पर्वतले नवलपुरलाई सिधा सेटमा पराजित गर्दै तेस्रो बन्दै ५० हजार जितेको हो । चापाकोट उद्योग वाणिज्य सङ्घको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता गरिएको हो ।
उत्कृष्ट खेलाडी रवि केसी (बागलुङ), उत्कृष्ट स्पाईकार रेसम छन्त्याल (बागलुङ), उत्कृष्ट सेटर मीन सुनार(बागलुङ), उत्कृष्ट ब्लकर रुपेन्द्र नेपाली(पर्वत), उत्कृष्ट डिफेन्डर कुन्जन शाही(बागलुङ), उत्कृष्ट सर्भर विजय थापा (स्याङ्जा) तथा उत्कृष्ट कोच सुरेन्द्र केसीले जनही तीन हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयो ।
बागलुङले अण्डर २३ का राष्ट्रिय खेलाडी रबी केसी र स्याङ्जा गण्डकी प्रदेशका क्याप्टेन हरि पाण्डेको कप्तानीमा खेलेको थियो । चापाकोट २ घर भएका गण्डकी प्रदेशका उदीयमान खेलाडी सन्तोष थापाको कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
थापाकै स्मृतिमा दोस्रो चापाकोट महोत्बसको अवसरमा प्रतियोगिता गरिएको हो । प्रतिगोयतामा गण्डकीका पर्वत, नवलपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
२१ घण्टा अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


