बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा पृथ्वी जयन्तिको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न ।
वालिङ:
बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा पृथ्वी जयन्ती एबम राष्ट्रिय एकता दिवसको अवसरमा “नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका” बिषयमा जिल्ला मा.बि. स्तरिय बक्तृत्वकला कार्यक्रम भिरकोट नगरपालिका वार्ड न.४ छायाछेत्र मन्दिरमा सम्पन्न भएको छ।
प्रतियोगितामा दहथुम माबीकी सम्झना अधिकारीले प्रथम स्थान हासिल गर्नु भएको थियो भने, दिर्तिय स्थान घण्टे माबीकी सुस्मिता शर्मा र तिर्तिय स्थान महेन्द्र ज्योती माबीकी बिधार्थी बबिता सार्की र राजेन्द्र भबानी माबीकी बिधार्थी कृतिका पङेगेनीले हासिल गरेका थिए । कार्यक्रममा वालिङ, भिरकोट र अर्जुन चौपारीका करिब एक दर्जन स्कुलले सहभागी जनाएका थिए। कार्यक्रममा निर्णायक मण्डलमा मिलन समीर र राजेन्द्र खनाल हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी भिरकोट नगर प्रबक्ता एबम वार्ड न. १ का अध्यक्ष दिपेन्द्र केसि, विशिष्ट अतिथिमा भिरकोट नगर पालिका वार्ड न.८ का अध्यक्ष नन्दलाल खनाल, वालिङ नगरपालिका वार्ड न.११ का अध्यक्ष डण्डु पङेनी ,भिरकोट बिश्व हिन्दु महासंघ उपाध्यक्ष बिष्णुमाया काफ्ले ,बिश्व हिन्दु युवा संघ जिल्ला सह प्रबक्ता कुशल बस्याल, जिल्ला सदस्य एबम कार्यक्रम सम्योजक बबिन पाठ्क लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र केसिले पृथ्वीनारायण शाहले देश एकीकरणमा ठूलो भुमिका खेलेको भन्दै उहाँ सधै हाम्रो मन मुटुमा रहने कुरा ब्यक्त गर्नु भएको थियो। यस्तै भिरकोट नगरपालिका वार्ड न.८ का अध्यक्ष एबम बिश्व हिन्दु महासङ्घ, भिरकोट अध्यक्ष नन्दु खनालले पृथ्वी जयन्तिमा सस्थाँले राम्रो काम गरेकोमा धन्यवाद दिदैँ पृथ्वीनारायण शाहको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष नबराज पौडेलले पृथ्वीनारायण शाहले “२२ से २४ से” साना-साना राज्यलाई एक बनाएर विशाल राष्ट्र निर्माण गरि सबै नेपालिलाई एकै सुत्रमा बाँधेकाले शाहको सम्मान र सम्झना राज्यले मात्र नभएर हरेक नेपालिले प्रत्येक दिन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बिष्णु माया काफ्ले ,कुसल बस्याल लगायतले मनतब्य राख्नु भएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य बिश्व हिन्दु युवा सङ्घ जिल्ला सदस्य एब्म कार्यक्रम सम्योजक बबिन पाठकले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन सुदिप पौडेल ले गर्नु भएको थियो।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…