ग्रामीण क्षेत्रमा उत्पादन बढाउन भीरकोटका किसानलाई अनुदानमा हाते ट्याक्टर ।
खगीन्द्र पौडेल/वालिङ :
स्याङ्जाको भीरकोट नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । ग्रामीण क्षेत्रका कृषकलाई कृषि पेशामा आत्म निर्भर बनाउदै उत्पादन बढाउन हाते ट्याक्टर वितरण गरिएको पालिकाले जनाएको छ ।
लागत कम गरी उत्पादन बढाउन अनुदानमा हाते ट्याक्टर वितरण गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कृषिमा निर्भर रहेका पालिकाका किसानहरुलाई कृषि मै आत्मनिर्भर र स्वरोजगार बनाउन तर्फ हाम्रो ध्यान रहेको छ ।” पालिकाको अधिकांश भूभाग ग्रामीण क्षेत्रमा रहेको उहाँको भनाई छ ।
किसानहरुको माग र आवश्यक्ताको आधारमा पचास प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको प्रमुख कर्माचार्यले बताउनु भयो ।
पालिकाका ६० जना कृषक तथा समूहलाई ६० ओटा हाते ट्याक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुशार पालिकाले कृषकलाई विभिन्न औजारहरु वितरण गर्ने योजना बनाएको छ । कृषि पेशामा लागेकाहरुलाई आत्मनिर्भर बनाउन र स्वरोजार बनाउन पालिकाले आधुनिक औजार प्रदान गरिन लागेको जनाएको छ ।
विदेशबाट फर्किएकाहरुलाई स्वरोजगार बनाउन उनीहरुलाई प्राथमिकतामा राखिएको ढुंगानाले बताउनु भयो ।
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
२१ घण्टा अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


