हरिबोधिनी एकादशी, कालीगण्डकी तटमा विहानैबाट भक्तजनको घुँईचो ।
आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।
कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइन्छ । हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबाेधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । सबै नारायण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । मेला लाग्ने ठाउँका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।
यसैबीच कालीगण्डकी नदी तटमा विहानैबाट भक्तजनको घुँईचो लागेको छ । नदीमा स्नान गर्न,पुजा गर्न भक्तजनहरु विहानै कालीगण्डकी नदिमा पुग्न शुरु गरेका हुन् ।
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
१५ घण्टा अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


