विरुवा गाउँपालिकामा प्रज्ञा प्रतिष्ठान गठन
विरुवा :
विरुवा गाउँपालिका स्याङ्जामा प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । गाउँपालिकाले विरुवा प्रज्ञा प्रतिष्ठान ऐन २०७९ र प्रज्ञा प्रतिष्ठान संचालन कार्यविधि २०७९ जारी गरे सँगै बरीष्ठ लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव शंकर बिरही गुरुङको अध्यक्षतामा विरुवा प्रज्ञा प्रतिष्ठानको कार्यसमिति गठन भएको हो ।
पिताम्बर शर्मा उपाध्यक्ष रहेको उक्त प्रतिष्ठानमा खड्क बहादुर गुरुङ र भिमलाल थापा सदस्य तथा विरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसाल सदस्य सचिव रहनुभएको छ । साथै विरुवा प्रज्ञा प्रतिष्ठान परिषद्मा प्रज्ञा प्रतिष्ठानका कार्यसमितिका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था बमोजिम नवल बहादुर थापा, नन्द कुमारी खड्का, खेमराज गुरुङ, लेख बहादुर आले, कमला थापा, लक्ष्मी बसेल, गणेश राना र यूवराज वाग्ले सदस्य रहने विरुवा प्रज्ञा प्रतिष्ठान परिषद् समेत गठन गरिएको हाे ।
आज विरुवा गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नवगठीत प्रज्ञा प्रतिष्ठानका कार्यसमिति र परिषद्का पदधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले प्रज्ञा प्रतिष्ठानले विरुवा गाउँपालिकाको कला, संस्कृती, साहित्य र भाषाको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष भगवती शर्माले प्रतिष्ठानले उद्देश्य अनुरुप आफ्नो कार्य गर्नेमा आशा राख्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
साथै विरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले पालिकाले प्रज्ञा प्रतिष्ठानको गठन गर्नुको आवश्यकता र औचित्य बारे प्रष्ट पार्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
यसैबीच विरुवा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष शंकर बिरही गुरुङले आफूलाई जिम्मेवारी प्रदान गरी आफ्नै जन्मथलोको लोक, संस्कृति, भाषा, साहित्य र ज्ञानको जगेर्ना गर्ने मौका दिनुभएकोमा गाउँपालिकालाई धन्यवाद दिँदै आफूले पाएको जिम्मेवारी पूरा गर्ने वचन दिनुभयो । उक्त कार्यक्रमको सञ्चालन विरुवा गाउँपालिका कार्यलयका प्रशासन शाखा प्रमुख पिताम्बर पोख्रेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
१९ घण्टा अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


