रोयल सहकारीद्धारा आश्रमलाई सहयोग
प्रकाश डोटेल,
स्याङ्जा, २० चैत्र ।
स्याङ्जा सदरमुकामको पुरानो सहकारी रोयल बचत तथा ऋण सकारी संस्थाले आश्रमलाई आर्थिक सहयोग गरेको छ । पुतलीबजार नगरपालिका १४ लामागेस्थित पाणिनी (गुरुकुल) आश्रमलाई सहकारीले आर्थिक सहयोग गरेको हो ।
‘६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९’ को अवसर पारेर सहकारीले आश्रमलाई नगद सहयोग गरेको सहकारीले जनाएको छ । आर्थिक समस्याले आश्रममा अध्ययनरत विद्यार्थीलाई असहज भएको बेला संस्थाले १८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहकारीका प्रबन्धक शान्ति ढकाल अर्यालले जानकारी दिईन् ।
सहकारी दिवसमा आश्रमलाई सानै सहयोग भएपनि महत्वपूर्ण हुने भएकाले नगद सहयोग गरिएको सहकारीले जनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमलाई सहयोग प्रदान गरेको हो । सहकारीले विभिन्न अवसरमा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
कक्षा ८ सम्म पठनपाठन हुने (गुरुकुल) आश्रममा १४ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । स्थानीयबासीको सहयोगबाट आश्रम संचालन हुर्दै आएको आश्रम संचालक समितिका सचिव रविन के.सी.ले बताए । झण्डै १२ रोपनी जग्गामा बनेकोको आश्रम करिब १ दर्शकदेखि संचालनमा छ ।
रोयल सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमको संचालन सहकारीका सचिव प्रकाश डोटेलले गरेका थिए भने स्वागत संचालक रामप्रसाद लम्सालले गरेका थिए । आश्रमका बारेमा आश्रमका कार्यबहाक अध्यक्ष चुडामणी शर्माले जानकारी गराएका थिए ।
२०५६ सालमा स्थापित सहकारीले जिल्लाभर बचत तथा ऋणको कारोबार गर्दै आएको छ । करिब १ हजार ५ सय शेयर सदस्यहरुले कारोबार गर्दै आएको सहकारी जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा संचालन गर्दैै आएका छन् ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


