स्वर्ग जस्तो लाग्छ मलाई नेपालको भूमि : कविता
स्वर्ग जस्तो लाग्छ मलाई नेपालको भूमि ।
यही स्वर्गमा मर्न पाम है पातै तुलसी सुमि ।।
नेपालमा रवि जन्मे अयोध्यामा राम ।
नेपालीका मनमनमा अव हरे नाम ।।
हे वीर रवि दिउसोको सुर्य राती को तारा वनि देउ ।
यो देशै भरी शान्तिको दीप तिमी नैं छरिदेऊ ।।
रस दिने खोला, पशु पंक्षी बस्ने हरियो जंगल ।
नेपाली मनमा उनै रवि सवलाई गर्छन् मंगल ।।
हिमाल पनि वेच्थे होलान् खोला वेच्नेहरुले ।
अव नेपाल फर्कि आउछ त्यही घण्टीको घुनले ।।
कति राम्रो कति मिठो घण्टी को धुन ।
देश वेच्ने लाई सत्य बाटो देखाउने रवि हुन् ।।
घण्टीको धुन सुनेनन् भने शंख पनी वजाइ दिऊ ।
हे रवि तिमी वसेको देश लाई कैलास वनाइदिऊ ।।
वन्दुक होइन गोलि हैन क्या शक्ति शालि घण्टीको रालो ।
देश पनी कृषी जनता नी रिसी घण्टी आयो दुवैको पालो ।।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


