स्याङ्जा : माछा मार्दै गर्दा ३ चिनीयाँ नागरिक पक्राउ
भवानी अधिकारी,
स्याङ्जा १६ चैत । स्याङ्जाको दरौंखोलामा माछा मार्दै गरेका ३ चिनियाँ नागरिक पक्राउ परेका छन ।
अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा गएराती माछा मारेका अवस्थामा ती नागरिकलाई पक्राउ गरीएको हो ।
पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ पर्नेमा ४१ बर्षे यो जोङ यु, ३६ का गाहु र ४० का यु स्या हु रहेको प्रहरीले जनाएको छ ।
स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनिया नागरिक सहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल, माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाईलक्स गाडी सहित चिनीयाँ नागरिकलाई पक्राउ गरेको हो ।
पालिकाले उनीहरुलाई जनही ५÷५ हजार जरिवाना गरेको छ। पालिकाले पालिका अन्र्तगतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेध सहित नगद जरिवाना गर्ने कानूनी ब्यवस्था गरेको छ ।
सामाग्री सहित ३ जनालाई प्रहरी÷प्रसासन कार्यालय स्याङ्जा ल्याएको र घटनाका बारेमा अनुसन्धान सुरु भैरहेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


