जिल्ला अदालतको फैसला, छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्ने ।
काठमाण्डौ:
जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । अदालतले छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्ने, दुईबीच सम्बन्धविच्छेद हुने, बहुविवाह नठहर्नेलगायत फैसला सुनाएको हो ।
पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै ओझाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले फैसला सुनाएको सोमबार उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझाविरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेकी छु । यस कठिन समयमा मलाई बलियो साथ दिने परिवारजन, साथीहरू, संघसंस्था तथा विशेष सहयोगका लागि वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले लेखेकी छिन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


