भूपेन्द्र थापा मगरले जिते नेपाल आइडल सिजन–४ को उपाधि ।
काठमाण्डौ:
गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।
उपाधिसँगै उनले ३० लाख रुपैँया र ट्रफी पाए ।नेपाल आइडल सिजन–४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गितार र दस लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


