स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट संचालन
भवानी अधिकारी,
स्याङ्जा, १८ माघ :
स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारदेखि अक्सिजन प्लान्ट संचालनमा आएको छ ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अक्सिजन प्लान्ट को आजदेखि सुरुवात भएको जानकारी गराउनु भषृ । मेशिन स्विच अन गर्दे प्रजिअ पौडेलले भन्नुभयो ‘अक्सिजनका लागि जिल्लाले अव अन्त भर पर्नु पर्ने छैंन । बिजुलीका लागि नयाँ ट्रान्सफर्मर सहित अक्सिजन प्लान्ट संचालनमा आएको हो । जिल्लाबासीका लागि खुशीका कुरा हुन यी ।’
कार्यक्रममा अस्पताल प्रमुख डाक्टर रमेश आचार्यले अवदेखि अस्पतालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनु भयो । यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पुरा गर्न सकिने प्रमुख डा आचार्यको भनाई छ ।

संघिय सरकारको सहयोगमा भदौदेखि प्लान्ट निर्माण सुरु गरिएको हो । एक करोड ३६ लाखको लागतमा प्लान्ट निर्माण सम्पन्न भएको छ ।
अक्सिजन प्लान्ट १५ एनएमक्युब क्षमताको छ । प्रति घण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्छ । दैनिक सरदर ७५ वटा अक्सिजन सिलिण्डर भर्ने क्षमताको छ । यसले १५ हजार लिटर प्रतिघण्टा अक्सिजन उत्पादन गर्ने र ८ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सक्ने डा. आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार भरिएको प्रति सिलिन्डरमा ६ हजार ४०० लिटर अक्सिजन हुन्छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलको बिशेष पहलमा प्लान्ट सञ्चालन गरिएको हो ।
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
२० घण्टा अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


