कबिता : ‘समय त्रासदी’
कुलराज सुवेदी “कुसुम” :
निरस आखाका यी दृश्यहरु,
त्रसित मनका यी पिडाहरु,
स्तब्ध मुटुका यी ढुकढुकी हरु,
अनि गह्रौ शरीरका यी बोझहरु ।
यि कापेका ओठहरुले ब्यक्त गर्न सक्दैनन
यी त बस मुटुमा खिल बनेर अल्झिरहन्छन !
त्यो औशिको निस्पट्ट अँध्यारो,
मेघको गर्जन र भारी बर्षा,
कोइलिको बिरही कुहुकुहु,
श्यालको एकोहोरो रुवाइ,
यी भिजेका परेलिले ब्यक्त गर्न सक्दैनन
यी त बस नमिठो सपना बनी बिउझाइरहन्छन !
अब्यक्त बेदनाको भारी,
मौनतामा थिचिएको यो मन,
बेमौसममा रसाइदिने आँखा,
अनौठा सम्झनाका ती भाखा ,
मुर्छित यी मनहरुले ब्यक्त गर्न सक्दैनन
यी त बस अनौठो सम्झना बनेर रुवाइ रहन्छन !
(लेखक सुवेदी : बिरुवा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । )
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


