खोपका कुरा ।
खगिन्द्र पौडेल/वालिङ:
कुनै बेला थियो मानिसहरु क्वारेन्टाईन र राहतका कुरा गर्ने अनि सामाजिक सञ्जालमा पनि पोष्ट गर्ने गर्थे तर आजकल कुरा खोपको छ ।
घरघरमा, टोल टोलमा, प्रदेश प्रदेशमा, देश देशमा अनि महादेशमा जता पनि खोपका मात्र कुरा गर्छन । सामाजिक सञ्जालमा, पत्रपत्रिकामा,रेडियोमा, टेलिभिनजमा अनि देशि-विदेशि समाचारमा आजकल खापलाई कतै प्रतिष्ठाको, कतै राजनीतिको त कतै दान तथा सहयोगको रुपमा लिएको/ दिएको पाईन्छ ।
कुरा घरघरबाट सुरु गरौ: देश बन्दा-बन्दिमा छ , सरकारी जागिरे दाजि घरमै छन । अफिस नगएको तीन महिना भयो तर तलब पाईराखेकै छन, र पो घर खर्च चलेको छ । दाजिले त कसरि हो कोरोनाको दुबै डोज लगाईसकेछन । उनि घुमघाम गर्छन घर आउछन, कुनै रोकतोक छैन किनकि दाज्यैले दाम पनि कमाकै छन अनि दुबै खोप पनि लगाएकै छन । म बबुरो प्रईवेटे जागिरे अफिस बन्द भएको २ महिना भो, अनलाईनबाट काम गर्छु तलब आधा पाउने रे , थाहा छैन कहिले हो त्यो पनि । हुन त अनलाईनमा काम गर्दा दिनको ६/७ घण्टा त जान्छ तर कसले पो हेर्छ र मेरो पीडा, किनकि मेरा साहु पनि ऋणले आत्तिएका छन रे । प्रईवेट कम्पनिका मालिक विचरा सरकारले पनि करमा पेल्छ होला अनि घरमा पनि परिवारले पेल्दो हो । बिचरा साहुको पनि मार्केट कहा पो छ र ? अनि पैसा दिनुपर्नेले पनि बन्दले गर्दा दिएकै छैनन् रे ।
यसो टोलतिर घुम्दा पनि खालि खोपको कुरा नै गर्छन बा । फलानोले त दुबै खोप लगाएछ, उसको पार्टीका मान्छे आएर घरका सबैलाई लगेर खोप लगाएछन । तल्लारे कान्छाको साथि हस्पिटलको डाक्टर रेछ केटोले त जँहानैको पो खोप लगाइदिइ सकेछ । एउटा काकाले टाढैबाट बोलाएर सोधे, केपि बावु खोप लगायै त । म जवाफ फर्काउने अवस्थामा थिईन त्यसैले नसुने झै, नदेखे झै गरि लुरुलुरु बाटो तताँए ।
भोलि पल्ट यसो अनलाईन पत्रिका हेरे, लेख्छ “प्रदेश सरकारको घोर बिरोध , घर-घरमा खोप दिनु पर्नेमा सरकार उदघाटन र शिलन्यासमा ब्यस्त, विपक्षीबाट सदन अबरुद्द, खोपको जोडदार माग “। सम्झिय खोप यिनले लुकाछन की क्या हो भर्खर ले पो भन्छन बा ! फेरि अर्काे दिन हेर्दा त सरकार विपक्षीको हातमा गएछ, अनि उसले पनि पुरानै मुद्दा पो बोकेर घोर बिरोध गरेको छ । अचम्म छ बा ! म सोझो भएर कुरा नबुझेको हो कि यि बाठा हुन ? प्रतिपक्षमा हुदा सबै देख्ने सरकारमा हुदा केहि नदेख्ने के भाका हुन यिनिहरु ? मनमनै सोचे, कतै भन्न भएन, लेख्न भएन । आजकल लेख्यो कि त पोल्यो। यहा सबैका साईवर सेना छन , केहि बोल्यो कि त यताबाट अरिँगाल उता बाट साईवर सेना खनिइहाल्छन । सामाजिक सञ्जालमा के शिक्षक, के चेला, के नेता, के कार्यकर्ता कस्ता कस्ता शब्द लेख्छन । कमेन्टमा त सबै भाषा पो पाईन्छ, कोहि सँगै बसेर पढ्न पोँडे बा सकिएला त ।
बेलुका बि बि सि सुन्यो, भन्छ, “सरकारबाट प्रतितिधि सभा विघटन, अर्को चुनावको घोषणा, विपक्षी गठवन्धनका बहुमत सभासद सर्वोच्चमा जाँदै, भारतले बोलकबोल गरेको खोप नदिने रे, पहिले खोप लगायका लाखौ मानिस अलपत्र, चीनले लाखौ खोप दिन तयार तर सरकार अनीच्छुक, राष्टपतिले ससारका खोप(वाला देशलाई चिठि पठायको उत्तर नै आएन । खोप नआउदा सम्म लकडाउन बढाउन सरकारलाई सिसिएमसिको सुझाब,”। आदि आदि। हैन कोरोनाको कहरमा हाम्रा नेतालाई के के भाको हो ? टिभिमा त अस्ति कुरा गर्दा मिठा- मिठा गरेका थिय, खोप चाडौ आउछ भन्दै हात मिलाएर गयका थिय ।
फेरी अन्तराष्टिय समाचार सुने, जी सेभेनका नेताहरुको सम्बोधनमा भने ” विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह ‘जि–सेभेन’ले गरिब देशहरुमा भौतिक पूर्वाधार विस्तारमा लगानी बढाउने भएको छ । विश्वभर बढ्दो चिनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने योजना जि सेभेनले पास गरेको छ ।
बेलायतले आफुसंग भएको १० करोड भन्दा बढी खोप गरिब राष्टलाई अनुदान दिने तयारी गरेको छ भने अमेरिकाले पनि ५० करोड खोप दिने भएको छ ।
फेरी सोचे, यिनीहरु सँग त खोप त रहेछ त , किन आजसम्म नबाडेँका होलान् ? म सोच्दा सोच्दै निदाएछु ।..
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


