पाल्पामा पहिरोले एकको मृत्यु, सिद्धार्थ राजमार्ग बगायो ।
अविरल वर्षाका कारण रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले घर पुरिँदा मंगलबार राती १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी गराएको छ ।
त्यस्तै निरन्तर वर्षाले खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै ५० मिटर सडक बगाएको छ । माथिबाट खसेको पहिरोले राजमार्ग जगसँगै बगाएको छ । खोलाले तल्लो भागबाट कटान सुरु गरेको छ भने र माथिबाट पहिरो खसेको छ
तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले बताएको छ । वर्षा नरोकिएकाले सडक डिभिजनले काम गर्न नसकेको बताइएको छ । ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । अत्यावश्यक सवारी साधनहरु र मालबहाक गाडिहरु राजमार्गको लाइनमा छन् ।
पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
२ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


