पुतलीबजार नगरपालिकामा २ वटा एम्बुलेन्स तयारी अवस्थामा
स्याङ्जा : पुतलीबजार नगरपालिकाले पालिकामा कोरोना संक्रमितहरुको संख्या वढ्दै जान थालेपछि संक्रमित विरामीहरुलाई रेखदेख गर्न २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । संक्रमितहरुले खोजेको बेलामा एम्बुलेन्स नपाउने गुनासो वढेपछी पालिकाले २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको हो । हरेक विरामी विरामीहरुले समयमै एम्बुलेन्स नपाएको गुनासो पालिकामा आएपछि पुतलीबजार नगरपालिकाले २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले जानकारी दिनुभयो । नगरप्रमुख क्षेत्रीले एम्बुलेन्स मात्रै नभई कोरोना संक्रमितका घरघरमा अक्सिजनका सिलिण्डर पठाउन जीप पनि तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । उहाँले संक्रमित विरामीहरुलाई कुनै पनि समस्या आएमा पालिकामा खवर गर्न अनुरोध गर्नुभयो । पालिकाले संक्रमितलाई आवश्यक पर्ने अक्सिजन ढुवानी गर्न महेन्द्र पिकआप बोलेरो भ्यान समेत तयारी अवस्थामा राखेको छ । पुतलीबजार नगरपालिकाले सवारी साधनमा आउने समस्या समाधान गर्न फरक फरक कामका लागि छुट्टाछुट्टै सवारी साधन खडागरेको छ । नगरपालिकाले सुत्केरीको हकमा भने सुत्केरीले जुनसुकै यातायातका साधान प्रयोग गर्न सक्ने र खर्च नगरपालिकाले व्यहोर्ने जानकारी दिएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
३ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


