स्याङ्जामा तीन थान भरूवा बन्दुक सहित २ जना पक्राउ ।
स्याङ्जा :
स्याङ्जामा तीन थान भरूवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ४ को दुई घरमा लुकाई राखेको अवैध भरूवा बन्दुक सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बराचौर का २४ को शिव प्रसाद पाण्डेको घरबाट एक थान भरुवा बन्दुक तथा सोही स्थानका ६३ बर्षका रिम बाहादुर रानाको घरबाट २ थान भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक शिव थापाले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
२ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको…


