लघुकथा ‘विचलित वर्तमान’

मातृका अर्याल :
एकादेशमा कुनै एउटा शहर थियो । त्यो शहरको नजिकै एउटा सुन्दर तथा घना जंगल थियो । पहिले पहिले त्यस जंगलमा विभिन्न असली वाघहरु विचरण गर्दथे र उनीहरुले अन्य प्रजातिका जनावरहरुको समेत यथोचित संरक्षण गर्दथे । उक्त जंगल र त्यहाँ विचरण गर्ने सम्पूर्ण प्राणिहरुको शान मान वेग्लै थियो, उत्कृष्ट थियो । तर समयक्रम वित्दै जाँदा उक्त जंगलका असली वाघहरु विस्तारै हराउँदै जान थाले । त्यसपछि जंगलमा बुढो वाघको छाला ओढेको एउटा तन्नेरी स्याल, वाघ प्रजातिका केही प्राणी र अन्य सामान्य प्रजातिका प्राणिहरुको हालिमुहाली हुनथाल्यो ।
जंगलको भलो चाहने असली वाघहरुको उपस्थिति नभएको हुनाले विस्तारै जंगलको विनाश हुँदै जान थाल्यो, शानमान घट्न थाल्यो । बुढो वाघको छाला ओढेको त्यस धुर्त तन्नेरी स्यालले वाघ प्रजातिका अन्य जनावरहरुलाई जंगलबाट विस्तारै विस्तारै लखेट्ने र अन्य सामान्य प्रजातिका प्राणिहरुलाई मात्र राखि जंगलमा एकलौटी राज गर्ने योजना बनाई रहेको थियो । उसको त्यस योजनामा जंगल बाहिर रहेका केही पुराना असली वाघहरुले समेत थाहा पाइ नपाइ साथ समर्थन दिइरहेको देखिन्थ्यो तर त्यस समयमा असली वाघहरुको भूमिका गौण थियो ।
बुढो वाघको छाला ओढेको तन्नेरी स्याल जव आफ्नो योजनामा सफल हुन हुन लागिरहेको थियो, त्यही समयमा नजिकैको अर्को जंगलबाट त्यस जंगलमा एउटा सिंह प्रवेश गर्दैछ, जंगल पुनः हराभरा हुँदैछ, मेरो योजना विफल हुँदैछ र मेरो अस्तित्व हराउँदै छ भन्ने आभाषले यतिवेला उसलाई छट्पटि भएको छ । के गरौं र कसो गरौं भएको छ । उसको दिनको भोक र रातको निन्द्रा हराएको छ ।
–वा.न.पा. १, त्रियासी, स्याङ्जा
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…