‘रेलै घुमेर, गयो दाजुको आधि उमेर’

khumkanta aryal


खुमकान्त अर्याल :

जमिनमा  विक्ष्याईएको फलामको पटरी माथीबाट गुड्रने रेलगाडी चढ्नेको संख्या नेपालमा अहिले सम्म पनि धेरै छैनौंं, कतिले प्रत्यक्ष, कतिले फिल्म,टिवी र नेटबाट रेल देखेका छौं, तर धेरैले यसका वारे सुनेका मात्र पनि छौं । सन १८२५ मा वेलायतमा वनाएर वाष्प ईन्जिनबाट चलाउन थालिएको यो साधन हाम्रो छिमेकी देश भारतमा १८४५ मा आइसकेको थियो ।

सन १८१६ को सुगौलीको सन्धीबाट नेपालीहरु तात्कालिन वृटिश भारतको सैनिक सेवामा भर्तिहुने व्यवस्था पछि धेरै नेपालीहरु नोकरीको लागि भारतमा जान थालेका थिए र कतिपय त भारतीय रेल सेवामा पनि । तात्कालीन अवस्थामा भएका आन्तरिक र वाह्य युद्दहरुमा धेरै नेपालीले वीरगति प्राप्त गर्ने अङ्गभङ्ग हुने, कोही अलपत्र पर्ने र कोही सकुशल तलवको पैसा, राम्रा लुगाफाटा गरहना तेल मसला चकलेट मिठाई रेडियो लिएर खुसी साथ नेपाल फर्किने हुदा लाहुरेको इज्जत अर्कै हुन्थ्यो । लाहुरेको सुख दुख मिश्रित जीवनका आयामहरु तात्कालिन गीत साहित्यमा अभिव्यक्त हुने गर्दथ्यो । नेपाली लोकगीतहरुमा लाहुरको वर्णन, रेलको यात्राका विवरणहरु, विरानो देशको एक्लो रेल यात्रा , विछोड, पुनर्मिलन मुग्लानको वास जस्ता विषयहरु लोकगीतमा समेटिएका हुन्थे । भारतीय रेल सेवाको विकासले तात्कालीन अवस्थामा नेपालको पनि आर्थिक सामाजिक विकासमा धेरै राम्रो सहयोग पुग्न गएको थियो किन भने सुदुर भारतमा उत्पादित वस्तु कम भाडामा नेपालको सीमाना सम्म आउन सक्यो र नेपालको निकासी वस्तु सुदुर भारत सम्म पुग्नको लागि सहयोग भयो, व्यापरीहरुको आवत जावत वढ्यो, विद्यार्थी, तीर्थयात्रीहरुको आदान प्रदान आउजाउ वढ्यो, नेपालीहरुनै नेपालको तराईको एकभागबाट अर्को भागसम्म भारतीय रेलबाट यात्र गर्न सहज भएको कारण पनि नेपालीहरुका वीचमा रेल शव्द लोकपृय हुदै आएको थियाे, त्यसैले नेपालका वनपाखामा, गाँउमा,रेडियोमा यो गीतको टुक्का सुनिने गरिन्थ्यो ‘रेलै घुमेर, गयो दाजुको आधि उमेर’ र यस्तै रेल संग प्रशंग जाेडिएका धेरै गीतहरू पनि ।

   िव.सं. १९८४ मा चन्द्र शंसेरको पालामा तात्कालिन वृटिश भारतले नेपालको अमलेखगंन्ज देखी रक्सौल सम्मको ३९ कि.मी पहिलो रेलवे सन्चालन गरेका थिए यातायातको लागि, र यो सेवा वि.सं.२०२२ बाट वन्द भएको थियो । काठमान्डौका यात्रीहरु अमलेखगन्जमा पुगेर यही रेल चढी भारतको यात्रा गर्दथे । पछि  िव.सं. १९९४ मा नेपालबाट काठ तथा जडिवुटी भारत निकासीका लागि भारतको जयनगर देखी जनकपुर हुदै महोत्तरीको विजलपुरा सम्मको ५२ कि.मी.मा दोश्रो रेलवे सेवा सन्चालन भएकोे थियो र  मानिस आउजाउ गर्नका लािग डिव्वाहरु पनी जोडिएका थिए यस रेलमा ।

पछि केही ठाँउमा वाडीबाट लिकहरु विग्रदै जाँदा जनकपुर देखी भारतको जयनगर सम्म संचालनमा रहेकोमा रेल तथा ट्ररयाक पुरानो जीर्ण भएको कारणले सो को मर्मत तथा विकासको लागि सन २०१४ देखी सो सेवा वन्दगरी  व्रोडगेज पुननिर्माण तथा अन्य पुर्वाधार र संरचना निर्माण गर्न लागिएको थियो । हाल भारत सरकारको १० अरव आर्थिक सहयोगमा जयनगरदेखी जनकपुर विजलपुरा हुदै वर्दिवास सम्मको रेल ट्ररयाक र स्टेशन समेतको निर्माणकार्य जारी रहेकोमा जयनगर देखी धनुषा हुदै विजलपुरा खण्डको  ३५ कि.मि.को  ट्रयाक हाल सम्पन्न भैसकेको छ ।  

वाष्प इन्जिनवाला छुकछुके रेल चलेको उक्त रुटमा हालै मात्र भारतमा वनेको डिजेल प्लान्टवाट चल्ने २ वटा नयाँ आधुनिक चुच्चे रेल भर्खरै मात्र धनुषाको जनकपुरमा आइपुगेपछि भने  स्थानीयवासीहरुले उक्त रेललाई भव्य स्वागत गरेका छन् । सो रेल नेपाल सरकारले किनेर ल्याएको हो र रेलको वाटो तथा पुर्वाधार भने भारतीय सरकारको अनुदानबाट वनेको हो । उक्त ३५ किमि खण्डमा  रेल सेवा संन्चालन हुन अझै २ महिन लाग्ने वताईएको छ । निर्माणधीन वर्दीवास ।सम्मकैै ट्र्ररयाक निर्माण कार्य सम्पन्न भएपछि जम्मा ६९ कि.मि.मा उक् रेलसेवा सन्चालन हुनेछ ।
जनकपुर भित्रिएका उक्त २ वटा रेल नेपाल प्रवेश गरेपछि भने नेपालमा सामाजिक सन्जालमा व्यापक चर्चाचल्ने क्रममा छ र यसलाई पुरै राजनैतिक रुपमा रंग दिन कोशिष गरिएको देखिन्छ ।

एक पक्ष नेपालमा  यो चुच्चे रेल आउनुमा व्रतमान ओली सरकारको धेरै ठुलो सफलता भएको सन्देश दिनेगरी प्रस्तुत भएको देखिएको छन त कोही यो सन १८९४ बाट सन्चालन भैरहेकोमा मर्मतकार्यका लागि ६ वर्ष देखी स्थगित भएकोले पहिल्यै रेल खरीद तथा पुननिर्माण संझैता भैसकेको कार्यको कायाँन्वयन मात्र भएकोले, यो सरकारकोै नियमित कार्यसूची भित्रको सामान्य कार्यमात्र भएको चर्चा गरिएको छ । जे होस सवै नेपालीले उपभोगको परिकल्पना गरेको चुच्चे रेल, हाम्रा विशेष गरी २ नं प्रदेशका स्थानीयवासीहरुले चिल्लो सीटमा वसेर यात्रा गर्न पाउँदा हामीले पनि पाएको अनुभुति हुदै छ, स्तरीय रेल सेवाले वाँहाहरुको आवतजावतमा  सहजता हुनेछ, यसमा कसैको दुई मत छैन र हामीले हाम्रो नेपाल सरकार र भारत सरकार दुवैलाई धन्यवाद दिनै पर्दछ, किनभने भारत सरकार आँफै कोरोनाको चपेटामा भैरहदा पनि नेपालका आयोजनाहरुमा सहयोगको निरन्तरता दिइरहेको छ ।

नेपालमा रेलको सेवा सन १८८४ देखीनै सुरुवात भैसकेता पनि राष्ट्रियरुपमा यातायातको सुविधा र पहुँच पुर्याउनको लागि  रेल सेवाको विस्तारको सामान्य चर्चावाहेक ठोस योजनाहरु अगाडि वढेको पाईदैन धेरै वर्ष अगाडि सम्म । छिमेकी देश चीन भारतमा आजभन्दा धेरै वर्ष अगाडि देखीनै अत्याधुनिक  रेलको विकास गरी कम समयमा सस्तोमा सामानको ढुवानी तथा आवतजावतको सेवा दिन सक्षम भैसकेको थिए र यसले राष्ट्रको विकासमा धेरै ठूलो योगदान दिन सुरु गरेको थियो र सन्सारका सवै विकसित तथा अल्पविकसित देशहरुमा पनि रेल यातायात धेरै उपयोगी र लोकपृय भैरहेको छ, देशको आर्थिक विकासमा ठुलो हिस्सा ओगटेको छ रेलले । तर अहिले पनि टिवी नेटहरुमा विकसित देशमा चलेका आकर्षक रेलगाडीहरुमा मानिसहरुले यात्रा गरेको दृश्य हाम्रा लागि कौतुहल र जिज्ञासाको विषय वनीरहेको छ ।  


  हामीकँहा पनि तेस्ता चुच्चे रेलहरु सीमानामा मात्र होइन देशको सवै भागमा चलाउने आश्वासन दिइएको र सोही आधारमा नेत्रृत्व वर्गले निर्वाचनमा मत आर्जन गर्न सफल भएको कुरा हामीले विर्सीरहेको छैनौं । खासगरी आमनेपालीको रेल चढ्रने चाहानाको पुर्ती तथा छिटोछरितो र सस्तो यातायात साधनको रुपमा रहेको रेलको विकासको लागि सन २०१०मा मात्र आएर रेल विभागको गठन गरिएको थियो । यस विभागको गठन पछि मात्र रेलको संभाव्यता अध्यायन, केही आयोजनाहरुको छनौट गरी हाल कार्यान्वयनको चरणमा रहेको छ ।
  २०६७ सालमा तात्कालीन प्र.म. वावुराम भट्टराईज्युकाे पालामा राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्रस्तावित गरिएको १००० किलोमिटर लामो पुर्व पश्चिम विध्युतीय रेलमार्गको संभाव्यता अध्ययन गरिदा  यो आयोजना सम्पन्न हुनसक्ने ठहर्याइ हाल केही खण्डको डिपीआर तैयार भैसकेको छ । पूर्वमा काकडिभट्टा देखी पश्चिम महेन्द्रनगर सम्म जाने उक्त आयोजनालाई गत आ.व. देखी वजेट विनियोजन गरी  महोत्तरीको वर्दीवास देखी वाराको निजगढ खण्डमा लिक र व्रोडगेज विक्षाउने तथा अन्य पुर्वाधार निर्माणको कार्य पनि भैरहेको छ । पुर्व पश्चिम विध्युतीय रेलमार्गको यो आयोजना सम्पन्न भएमा प्रतिघण्टा २५० कि.मि.को गतिमा चल्ने रेलबाट जम्मा ४ घण्टामा  यात्रा गर्न सकिने  छ ।
 भुकम्पको घटना पछि वर्तमान प्रधानमन्त्रीज्युको चीन भ्रमणको अवसरमा प्रस्तावित गरिएको उत्तरी सीमाना तर्फ केरुङ काठमान्डौ रेलमार्गको संभाव्यता अध्ययन सम्पन्न भएको छ र यसलाई काठमान्डौ देखी पोखरा हुदै लुम्विनी सम्म पुर्याउने परिकल्पना गरिएको छ र हाल सम्मको चीनिया टोलीहरुबाट भएको अध्ययनमा यो रुटको लागि भौगोलिक जटिलताको कारणले धेरै महंगो पर्ने जनाईएको छ । केरुङ काठमान्डौ पोखरा लुम्विनी सम्मको यस आयोजनाका लागि चीनिया सहयोगको अपेक्षा गरिएको छ । दक्षिण तर्फ भारतको रक्सौल देखी काठमान्डौ जोड्रने भारतीय सहयोगमा निर्माण हुने अपेक्षा गरिएको  रेलमार्ग आयोजनाको पनि संभाव्यता अध्यायनको कार्य भएको छ । क्रस वोर्डर परियोजना अन्तर्गत भारतको सहयोगमा जोगवनी देखी विराटनगर, जलपाइगुडी काकड भिट्रटा, नौतनवा भैरहवा, रुपेडिया नेपालगन्ज जोड्रने रेलमार्गको निर्माण योजना अघि वढाउने पनि वुझिएको छ । तेसै गरी काठमान्डौ ललितपुर महानगरमा सरकारी निजी साझेदारीमा  मोनो रेल सन्चालनको संभाव्यता अध्यायन गरी डिपिआरको क्रममा रहेको छ ।
यातायातको साधन मध्ये सडक तथा हवाई यातायात भन्दा रेल यातायातलाई सस्तो मानिन्छ भने सडक भन्दा कम समयमा यात्रा सम्पन्न गर्न सकिने हुन्छ तर यो यातायातको पुर्वाधार निर्माणको लागि भने वढी खर्चिलो हुने रहेछ । अहिलेकै प्रचलित मुल्य अनुसार हेर्ने हो भने प्रति कि.मिं रेलमार्ग निर्माणको लागि कम्तिमा ७० देखी असी करोड लाग्ने अनुमान गरिदो रहेछ ।


उपरोक्त प्रस्तावित आयोजनाहरुको लागत मुल्यको अनुमान गर्दानै हाम्रो आफ्रनो श्रोत साधनले सम्पन्न हुन सक्ने देखिदैन यसका लागि वैदेशिक ऋण लिएर निर्माण गर्दा यसबाट हुने आम्दानीले थेग्न सक्दैन भन्दा रहेछन विशेषज्ञहरु । मानिसहरुको आवतजावतबाट मात्र यसको खर्च नउठ्ने हुदा धेरै समान ढुवानी हुने रुटहरुमा मात्र यो स्थायी रुपमा टिक्न सक्ने देखिएकोले प्रस्तावित आयोजना मध्ये पनि कार्गो ढुवानी हुने रुटलाई पहिलो प्रार्थमिकतामा राखेर श्रोत व्यवस्थापन गरी चुच्चे रेलको भाषण र चर्चामात्रमा रमाउन भन्दा पनि आश्वासन दिने छिमेकी दाता राष्ट्रहरुको मन जितेर निर्माण आयोजना चाँडो अगाडी वढाईएमा अहिलेका पुस्ताहरुले आधा उमेर नजादै चुच्चे रेल भित्र वसेर यात्राको सयर गर्न पाउने छन् नत्र उहिलेका जमानामा नेपालमा रोजगारी नपाएर रेल चढी लाहुर तिर गएर आधा उमेर वितुन्जेल एक्लिनु परेको पारिवारिक पीडा घोलिएको गीत ‘रेलै घुमेर गयो दाजुको आधि उमेर ’ नयाँ नेपालमा पनि सुन्नु पर्ने छ, यस्तो नहोस चुच्चे रेलको परिकल्पनाले साकार रुप लिन सकोस, हार्दिक शुभकामना ।

Facebook Comments Box
TOP