‘अव त देश विकास गराऔं।’
मातृका अर्याल :
हिजो
बहादुर शाह वंश आए
टुक्राटुक्रा जोडि एक बनाए
भौगोलिक सिमा अति फैलाए
देशको प्रभाव पनि बढाए
विदेशमा नेपाली सिक्का नोट चलाए ।
आजकल
मार्ग बदलियो तर उद्देश्य उस्तै रह्यो
भाषा बदलियो तर भावना उस्तै रह्यो
सरकार बदलियो तर देश उस्तै रह्यो
उपभोग बदलियो तर उत्पादन उस्तै रह्यो ।
अब हामीले
रणनीति बनाई उद्देश्य परिमार्जन गर्नुछ
भाइचारा बनाई भावना परिमार्जन गर्नुछ
संयन्त्र बनाई देश परिमार्जन गर्नुछ
पुँजी प्रविधि बनाई उत्पादन परिमार्जन गर्नुछ ।।
ताकि भोलिका दिनमा
नवपुस्तामा समन्वयको अभाव नहोस
एकै दिशामा पाइला अलग नहोस
सञ्चार नमिलि विकास अनियन्त्रित नहोस
कोही महासेठ अनि कोही गरिब नहोस ।।।
त्यसका लागी
दुरगामी दृश्टीकोणको योजना बनाऔं
उपलव्ध साधनस्रोतको संगठन गराऔं
प्रभावकरी कार्यक्रम समन्वय बनाऔं
चुहावट रहित नियन्त्रण गराऔं ।
सँगसँगै
पुँजि र प्रविधिको आयात बढाऔं
उत्पादन लागत अत्याधिक घटाऔं
उत्पादित वस्तुको निर्यात वढाऔं
तयारी वस्तुको आयात घटाऔं ।।
देशमा
असलि व्यवस्थापन जगाऔं
चुस्त अनि तन्दुरुस्त प्रशासन बनाऔं
क्षमता दक्षता योग्यता सिप पहिचान गराऔं
तिनको उचित पदस्थापन गराऔं
प्रभावकारि ढंगले साधन परिचालन गराऔं
सकारात्मक विचार सञ्चार गराऔं
अव त देश विकास गराऔं अव त देश विकास गराऔं ।।।
-वानपा १ , त्रियासी
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


