‘अव त देश विकास गराऔं।’

मातृका अर्याल :
हिजो
बहादुर शाह वंश आए
टुक्राटुक्रा जोडि एक बनाए
भौगोलिक सिमा अति फैलाए
देशको प्रभाव पनि बढाए
विदेशमा नेपाली सिक्का नोट चलाए ।
आजकल
मार्ग बदलियो तर उद्देश्य उस्तै रह्यो
भाषा बदलियो तर भावना उस्तै रह्यो
सरकार बदलियो तर देश उस्तै रह्यो
उपभोग बदलियो तर उत्पादन उस्तै रह्यो ।
अब हामीले
रणनीति बनाई उद्देश्य परिमार्जन गर्नुछ
भाइचारा बनाई भावना परिमार्जन गर्नुछ
संयन्त्र बनाई देश परिमार्जन गर्नुछ
पुँजी प्रविधि बनाई उत्पादन परिमार्जन गर्नुछ ।।
ताकि भोलिका दिनमा
नवपुस्तामा समन्वयको अभाव नहोस
एकै दिशामा पाइला अलग नहोस
सञ्चार नमिलि विकास अनियन्त्रित नहोस
कोही महासेठ अनि कोही गरिब नहोस ।।।
त्यसका लागी
दुरगामी दृश्टीकोणको योजना बनाऔं
उपलव्ध साधनस्रोतको संगठन गराऔं
प्रभावकरी कार्यक्रम समन्वय बनाऔं
चुहावट रहित नियन्त्रण गराऔं ।
सँगसँगै
पुँजि र प्रविधिको आयात बढाऔं
उत्पादन लागत अत्याधिक घटाऔं
उत्पादित वस्तुको निर्यात वढाऔं
तयारी वस्तुको आयात घटाऔं ।।
देशमा
असलि व्यवस्थापन जगाऔं
चुस्त अनि तन्दुरुस्त प्रशासन बनाऔं
क्षमता दक्षता योग्यता सिप पहिचान गराऔं
तिनको उचित पदस्थापन गराऔं
प्रभावकारि ढंगले साधन परिचालन गराऔं
सकारात्मक विचार सञ्चार गराऔं
अव त देश विकास गराऔं अव त देश विकास गराऔं ।।।
-वानपा १ , त्रियासी
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…