जेठ २२, २०७७ बुधबार – ४ जुन २०२०, बिहीबारको राशिफल
मेष– नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन ।
वृष– स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव पर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ने देखिन्छ ।
मिथुन– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ ।
कर्कट– परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको साथैअधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ, पढाइमा भने मन नजाला ।
सिंह– विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, आर्थिक लाभ पनि हुनेछ
कन्या– स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभै दुख्ख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला ।
तुला– परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ ।
वृश्चिक– आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ ।
धनु– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ ।
मकर– खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ ।
कुम्भ– नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, सोचे अनुसार काम सम्पन्न भने हुदैन । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला ।
मीन– आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ ।
बिशेष काम गर्ने राम्रो समय बिहान 10:12 देखि दिउसो 1:45 बजे सम्म छ, यो समय चन्द्र होरा,लाभ बेला, अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल दिउसो 1:45 बजे देखि 03:27 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…