‘म शिक्षक’
तुल्सा रेग्मी :
म शिक्षक मलाइ मेरा विदर्याथीको छ चिन्ता, मलाइ मेरो विद्यालयको छ चिन्ता
शिक्षक म थोरै राजनिती बुझ्छु त्यसैले राजनितीको छ चिन्ता
कक्षकोठामा देशको सिमाना पढाउछु, त्यसैले सिमाको छ चिन्ता
स्वास्थ्य र सुरक्षा शिक्षा भन्दा अगाडी सिकाउछु त्यसैले त
महामारीमा परिवारको छ चिन्ता, समूदायको र विद्यालयको छ चिन्ता
थोरै देश अनि परदेश बुझ्छु तर राज्यले बेकम्मा कुम्भर्कण सोच्छ
निद्रामा पनि र्कतव्यकै सपना देखि रहन्छु तर विज्ञले पनि शिक्षक सुते भन्छ
आफूसंग भएका ज्ञान बाड्न नपाउदा उकुस मुकुस छु कलम समाउछु सृजनामा लाग्छु
म सिकारु हु जुम, गुगलमिट, वेविनारमा जोडीन्छु, वेव र्सफीड गरी सिकीरहन्छु
वाहिर निस्कन नपाउदा सकेसम्म अनलाइन तालिम लिएकै छु सम्बन्धित सूचना मतिष्कमा भरेकै हुन्छु,
निदाउन सक्दिन म परर्वितनको सपना बुन्छु, फेसबुका फोटामा समेत समाज पढछु नवराज,र्निमला ले मात्र होइन मदनले समेत न्याय नपाएको देशमा न्याय पढाउछु
भ्रस्टाचारको भूमरीमा चुर्लूम्म डुबेको देशमा, यो अपराध हो भनि सिकाउछु
यही बिसम परिस्थितीमा पनि सम्भावित काममा खटाए, सुरक्षित भइ गर्न म राजी छु,
विद्यार्र्थीसगं खेल्ने मान्छे विद्यार्थीसगं रमाउने मान्छे मलाइ विद्र्यार्थीको छ चिन्ता ।
आफ्ना बाल बच्चाको भविश्य मलाइ सुम्पने अभिभावको छ चिन्ता ।
शिक्षक हु म मलाइ मेरा विदर्याथीको छ चिन्ता, मेरो विद्यालयको छ चिन्ता ।।
(रेग्मी ललितपुरको गाेदावरी नगरपालिकामा रहेको छम्पीदेबी माविमा शिक्षण पेशामा कार्यरत हुनुहुन्छ ।)
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


