किन गर्छ मानिस ‘आत्महत्या’ !

कमला अधिकारी :

धर्म, पुण्य, पाप के हो सत्य, मिथ्या ?
मजबुर बन्छ नर अपनाउँछ आत्महत्या
धर्म भन्छ देहत्याग महापाप हो भनी
मरेका छन् विरक्त भै साध्य छैन गनि

बुद्धत्व खोज्छ तनावमा पल्टाई सबै शुक्ति
अभिधम्म, विनय सबै व्यर्थ खोज्छ मुक्ति
कसैलाई जिउने रहर, लान्छ दैव टप्प टिपी
कोहि आफ्नै हत्या निम्त्याउँछन् गरी ढिपी

अष्टमार्ग बुझ्न खोज्छ, अहँ लाग्दैन पार
पतझड मान्छ जिन्दगी स्वीकार गर्दै बेकार
मुक्ति खोज्छ कुना–कुना अतालिन्छ नर
गगनतर्फ लोलाउँछ, हराउँछ मनको डर

मौसमी हो मानसपटल क्षणमै फेरिन्छ रङ्ग
लगाम चुडाइदिन्छ छिन्न भिन्न सबै अङ्ग
शक्तिशाली छ विचार सबैभन्दा द्रुत तरङ्ग
वसमा नरहे सोचाइ, जिन्दगी नैं भरङ्ग

मृत्युको बाटो खोज्छ मानिस चिम्लेर आँखा
सांसारिक माया मोह राखेर पाखा
मृत्युसैयामा पुग्छ आफै मानेर बेकार
हत्यारा बन्छ आफ्नै कथित छ धिक्कार

श्मसानघाटमा पाउँछ उसले आँसुभन्दा गाली
मर्नु नैं त थियो तिमी किन ग¥यौ झ्याली
फूल जस्तो जिन्दगीलाई अकालमै फाली
व्यर्थ ग¥यौ जिन्दगीमा उकाली र ओराली

यसै आत्मा मार्नुहुन्न सबलाई पर्छ पिर
अन्धकारमा जूनलाई हेर कति हुन्छ धिर
जीउने पाटा धेरै हुन्छन खोजेदेखी बाटो
विकल्पलाई नबुझे जीवन बन्छ माटो।

(बालसिद्ध मा:वि वालिङ् ७,केवरे भञ्ज्याङ् ,स्याङ्जा)

Facebook Comments Box
TOP