जेठ २४, २०७७ शनिबारको राशिफल – ६ जुन २०२०

saturday rasifal

मेष– आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला ।


वृष– विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न्न पाइएला । नया तथा थालेका कामहरु सहजै वन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला ।

मिथुन– धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन ।


कर्कट– तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला ।


सिंह– प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन ।


कन्या– रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ ।
तुला– केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ ।


वृश्चिक– पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रसम्सा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ ।


धनु– ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।

मकर– व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ, सन्तानबाट पनि सुख पाइनेछ ।


कुम्भ– स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ ।


मीन– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् दिन मध्यम खालको छ । पढाइमा सफलता पाउने आफन्त हरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ ।

बिशेष काम गर्ने राम्रो समय बिहान 06:12 देखि बिहान 08:37 सम्म छ, यो समय गुरु होरा र सुभ समयको हो साथै अर्को राम्रो समय 11:13 देखि दिउसो 12:13 सम्म छ, यो समय चन्द्र होरा र अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान 08:37 बजे देखि 10:20 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले निला काला खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै तिल मास वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
साहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, जस्ता काम आज फाब्छन /

Facebook Comments Box
TOP