शिक्षक
प्रकाश सिग्देल :
भन्दै तिमीले
शिक्षकलाई मैनबत्ती भन्याै
अरुलाई उज्यालो बाड्दा आफै मेटिनुपर्ने
याे त माकुराकाे जीवनकहानी जस्तो भएन र
अरुकाे अस्तित्व रक्षार्थ आफु नैं रेटिनुपर्ने
परिभाषा बदलाैं ,
अब शिक्षक विजुलीका बल्ब हुन कर छ
आफ्नाे सँगसँगै अरुकाे अस्तित्वलाई बसाउनुपर्छ
गाग्रीकाे हाेइन, मुलकाे पानी बनी बाह्रैमास रसाउनुपर्छ
ज्ञानकाे खानी हाे शिक्षक, त्यसैले त ज्ञानका खातिर सदा धाउने गर्छ ।
कसैले भन्छन् गुरु,
गाडी चालक जस्ताे लाग्छ
कसैले भन्छन् मास्टर, लुगा सिलाउने मान्छे जस्ताे लाग्छ
कसैले भन्छन् सर, याे झनै सस्तो सस्ताे लाग्छ ।
शिक्षकलाई गर्ने व्यवहार साच्ची कस्ताे कस्ताे लाग्छ ।
भट्टी छिरी लड्खडाउनेलाई सर, स्कुलमा बड्बडाउनेलाई सर
हलाे जाेत्नेलाई सर, घर पाेत्नेलाई सर भनी गर्ने सम्बाेधन हर
कुनै नाम छैन, पहिचान छैन, अरुलाई पुकार्ने संबाेधनकाे भर
जमीनमा बस्ने स्थलचर, पानीमा जलचर, सबैकाे आफ्नै घर
चिया नास्तालाई नपुग्ने तलब छ र त त्यसैले भन्छन् Tea चर
(शिक्षक श्री बालसिद्ध मा.वि. वालिङ-७, केवरे भञ्ज्याङ, स्याङ्जा )
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


