तीन भाइ तीनतिर

prakash_sigdel_edit

प्रकाश कुमार सिग्देल :

“दस बजे कार्यक्रम सुरु हुने भनेकाे अहिले बाह्र बजिसक्याे” अझै सुरु भाछैन ।” “याे नेपाली टाइम हाे नि हजुर” यस्तै यस्तै आवाजले हल गुञ्जायमान भइराखेकाे थियाे । हलभरी मान्छेकाे आवातजावत, भीडभाड, तिलकाे गेडाे राख्ने ठाउँ सम्म थिएन । त्यत्तिकैमा मेयरसापकाे प्रवेश भयाे । अनुमान लगाउन कठिन थियाे मेयरसाप हतारमा हुनुहुन्थ्यो वा पहिलेकाे दाैडधुप, ‘उद्घाटन गर’ , ‘रिवन काट’ काे व्यस्त अनि अभ्यस्त दैनिकीकाे प्रभाव आज पनि दुरुस्तै थियाे ।

सहभागीले गरेकाे ‘नमस्कार’ वास्तै नगरी मेयरसापले भन्नुभयाे “ल ल सबैजना बाहिर हिड्नुस् आजकाे कार्यक्रम बाहिर खुला चाैरमा गर्ने हाे ।” एकाएक कार्यक्रम बाहिर चाैरमा हुने जानकारी पाएपछि सबै झसङ्ग भए। अरु त अरु पहिले पहिलेकाे कार्यक्रममा सहभागी हुन आउँदा सिट नपाएर उभिन परेकाे तीताे अनुभवलाई सम्झेर बिहानै आइपुगेका बुज्रुकहरूलाई परेन त फसाद ! याे सुन्नासाथ सबै चाैरमा निस्किए । पत्रकारले फाेटाे खिच्दै थिए । “एकछिन एकछिन फाेटाे नखिच्नुस् । सामाजिक दुरी मिलाएर बसेपछिमात्र खिच्नुहाेला अहिले हतार नगर्नुस् ।” मेयर सापकाे निर्देशन थियाे । बाहिर कुर्सी राखियो । सबैजना कुर्सीमा बस्न हतारिए । सबैलाई कुर्सी पुगेन । केही सहभागीहरु कुर्सीमा बसेका मान्छेहरु नजीकै अकमक्क परेर उभिइरहे । “एकछिन तपाईंहरू पर गइदिनुस् त । पत्रकार ज्यूले फाेटाे खिच्न लाग्नुभाछ ।

फाेटाे खिचेपछि आउनुहाेला” मेयरसापकाे त्याे निर्देशनलाई त्यहाँ उभिएका सबै जनाले सिराेधार्य गरी लाखापाखा लागे । यति भइसकेपछि पत्रकारले फाेटाे खिच्न क्यामेरा तेर्साए । फेरि पनि मेयरले के बिर्सेछन् कुन्नी पत्रकारलाई फाेटाे खिच्न राेके । “किन र सर” भन्ने पत्रकारकाे प्रत्युत्तरमा मेयरले भने “पख्नुस् न तपाईंलाई कति हतार फाेटाे खिच्न यहाँ मास्क लाउनै छ ।” मेयरले मास्क लगाए, सबैकाे मुखमा मास्क छ छैन, हेरे । कुर्सी रखाई र बसाईकाे दुरी हेरे, उनलाई सबै ठीक ठाकै छ जस्ताे लागेछ क्यार तत्कालै पत्रकारलाई फाेटाे खिच्ने अनुमति दिए ।

पत्रकारले ओल्टाई पल्टाई सबै कुनाबाट फाेटाे खिचिसकेपछि उनलाई एउटा कागज थमाईयाे । हातमा भएकाे कागज देखाउदै पत्रकारले मेयरलाई साेधे “के हाे सर याे ।” मेयरले भने “याे आजकाे कार्यक्रमकाे रिपोर्ट हाे । याे रिपोर्टमा अहिले खिचेकाे फाेटाे – साेटाे राखेर ट्याक – टुक मिलार तपाईकाे पत्रिकामा खबर बनाइदिनुहाेला ।” कार्यक्रम नसकुञ्जेलसम्म बसेर रिपोर्टिङ गराैंला भनी साेचेर अाएका पत्रकारलाई कार्यक्रमकाे सुरुमै रिपोर्ट हात लागेपछि अब बसाैं कि जाउँ काे द्विविधा सृजना भयाे।

“म अब जाँदा हुन्छ सर” पत्रकारले मागेकाे अनुमतिमा ‘हुन्छ’ काे प्रतिक्रिया पाएपछि पत्रकार त्यहाँबाट निस्किए । “ल हाम्राे फाेटाे सेसन सकियाे अबकाे बाँकी कार्यक्रम हलभित्रै…”। यति भनेपछि मेयरसापकाे हलभित्र प्रस्थान भयाे । मेयरसापलाई पछ्याउँदै अरू सहभागिहरू पनि हलभित्र लागे ।
सदियाैं देखि समाजमा जरा गाडेर रहेकाे देखावटी संसारकाे भुल भुलैयामा दुनियालाई भ्रमित पार्ने नेपाली कलाकाे प्रतिनिधि दृष्टान्त मात्रै हाे याे । याे संस्कार वास्तवमा हट्नुकाे साटाे विकराल रुप लिइरहेकाे छ ।

सरकार विश्वजगतले नैं अविश्वसनिय ठहराएकाे RDT टेष्ट बढि भन्दा बढि देखाएर अाफू जनताकाे स्वास्थ्यप्रति संवेदनशील रहेकाे प्रमाणित गर्न चाहन्छ । सरकारलाई अहिलेकाे अवस्थामा याे सस्ताे सुलभ र छिटोछरितो लागेपनि भविष्यमा यसले दिनसक्ने नकरात्मक परिणामकाे कारण देशले नैं महङ्गो मूल्य चुकाउनु पर्ने देखिन्छ । किनकी यस्ताे परीक्षणबाट positive report अाएमा पुनः परीक्षण गरिने तर negative report लाई नजरअन्दाज गरिने परिपाटीले भविष्यमा अप्ठ्यारो अवस्था नअाउला भन्न सकिदैन ।

अझ उदेक लाग्दाे कुरा त याे छ कि काेराना परीक्षणकाे दर बढ्या छैन । बढ्या छ त मात्र लकडाउनका दिनहरु मात्रै। काेराेना परीक्षण जति धेरै गर्नसक्याे त्यति नैं धेरै मात्रामा जनताहरु सुरक्षित छन् भनी सुरक्षाकाे प्रत्याभूति दिन सकिन्छ, ढुक्ककाे श्वास फेर्न पाइन्छ। यथास्थितिमै स्वास्थ्यमन्त्रीबाटै काेराेना नियन्त्रणमा हामीले सफलता हाशिल गरेका छाैं भनी गफ हाक्दै हिड्नु कत्तिकाे सान्दर्भिक हाेला ।

प्रदेश सरकारको औचित्य नभएकाे भनी बाराम्बार नागरिकहरूबाट आवाज उठिरहेकाे बेला याे एउटा अवसर पनि थियाे कि विपद् वा अन्य जुनसुकै बेला प्रादेशिक सरकारकाे आवश्यकता छ भनी पुष्टि गर्नकाे लागि । तर बिडम्बना यस्तो बिपद्काे घडिमा पनि तल्लाे निकायलाई निर्देशन दिनु बाहेक सिन्काे सम्म भाँच्न सकेन प्रदेश सरकारले । याे प्रादेशिक सरकार आवश्यक छ त मात्र राजनीतिक दललाई त्याे पनि चुनावकाे बेलामा सबैलाई भाग पुर्‍याउन हम्मे पर्दाखेरीमा । राजनीतिक दलभित्र पुर्याएकाे याेगदान स्वरुप सम्मानजनक उपस्थिति पाउन नसक्दा विद्राेहकाे भावना पालेर बसेका कार्यकर्तालाई प्रादेशिक सरकारमा ‘इन्गेज’ गराउन सकेमा पार्टीभित्र किचलाे पनि नहुने, टिकटकाे व्यापारबाट मनग्गे कमाइ पनि हुने ।

अन्धभक्तहरुलाई तपाईं हामीले छिमेकी देशका मुख्यमन्त्रिहरू अरविन्द केजरीवाल, याेगी अादित्यनाथ जस्ता व्यक्तित्वहरूले विपद्काे क्षणमा गरेकाे रचनात्मक कामकाे तारिफ गर्याैं वा उदाहरण दिन खाेज्याै भने कुराे भुइँमा खस्न नपाउँदै आउने जवाफ हाे “उनीहरूसँग त संघीयताकाे पुरानाे अनुभव छ नि हामी त भर्खरै नयाँ छाै, सिकारु हाैं सिक्दै छाैं, पछि पछि बिस्तारै भइहाल्छ !” वास्तवमा याे “बिस्तारै” भन्ने शब्द लाेकतन्त्र पछि निकै घातकसिद्ध भएकाे छ , शान्ति प्रक्रिया, संविधान सभा निर्वाचन, संविधान निर्माण, भुकम्पपछिकाे पुनर्निर्माण हुदाँ हुँदै अहिले अाएर संक्रमितहरूकाे परीक्षणमा समेत ।

हाे हामी नयाँ छाैं, हामीसँग अनुभव छैन । यस्ताे हाे भन्दैमा यसकाे मतलव याे पनि हुनु हुदैन कि याे विपद्काे घडीमा सिर्फ औपचारिकता काे लागि अनि अभाव र असुरक्षाकाे बाहना बनाई भिडियो सन्देशकाे नाममा भाषण गर्दै बस्ने । रासनकाे परिपूर्ति गर्ने बेलामा भाषणकाे फुर्तिकाे के काम ! सकिन्छ मुरी, नसके मुठीसम्म भएपनि आ-आफ्नाे हैसियत अनुसार सहयाेग गर्ने बेला हाे याे । संघीय सरकारले “याे काम तैंले गर” भनी प्रदेशलाई निर्देशन दिने, प्रदेशले त्यहि काम “तैंले गर” भनी स्थानीयलाई निर्देशन दिने, स्थानीयले निर्देशन दिने ठाउँ खाेज्दै हिड्ने तर काम नगर्ने ।

यस्ताे विपदकाे घडीमा पनि निर्देशन दिनेकाे हाेडबाजी नैं चलाइनु भनेकाे अति नैं दु:खद कुरा हाे । याे बेला भनेकाे निर्देशन दिने बेला हाेइन माथिल्लाे निकायले अघि सरेर काम गर्याे भने त्यसकाे अनुसरण गर्न तल्लाे निकाय त लागिपरिहाल्छन् नि ! अझ भन्ने हाे भने अरुकाे निर्देशनसम्म पालना गर्न समेत नसक्ने हामीले रचनात्मक साेच तयार गरि कार्यान्वायनमा ल्याउने कुराकाे अपेक्षा नगरेपनि हुन्छ ।
वालिङ-७, केवरे भञ्ज्याङ्, स्याङ्जा

Facebook Comments Box
TOP