युगका अनुहारहरू !
शम्भु अर्याल :
एक युगका अनुहारहरू
हामी चिनिन
जाैडिन्छाैं
लड्छाैं
झगडछाैं
साँध र सिमनाकाे लागि
पदप्रतिष्ठाकाे लागि
तेराे र मेराे लागि
सूक्ष्म मैदानमा
कतै कायम हुन्छ
हाम्राे संवन्ध
आफन्त, इष्टमित्र
पराय बन्धुबान्धव बिचकाे
कटुता, इर्ष्या
बैमनस्य र छलकपट
दिनकाे अन्तिम सँझ
अन्तिम रातकाे पहिलाे बिहान
खाग हुन्छ
खरानी हुन्छ
कतै तटनेर
जहाँ हामी माैन रहन्छाैं
छुटेकाे युगकाे अनुहारका लागि
(वालिङ -६, मिर्दी,स्याङ्जाका स्थायी वासिन्दा अर्याल युवा साहित्यकार हुनुहुन्छ, उहाँका बिभिन्न कृतिहरु प्रकाशित रहेकाछन् भने उहाँका फुटकर कथा,कविता र निवन्ध समेत प्रकाशित रहेकाछन् )
Facebook Comments Box
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


