सन्दर्भ नेविसंघ स्थापना दिवस : नेबिसंघले आगामी दिनमा उठाउनुपर्ने मुख्य एजेण्डाहरु

अजित क्षेत्री :
लामो गौरबपुर्ण इतिहास बोकेको लाखौं बिद्यार्थीको लोकप्रिय नेपाल बिद्यार्थी संघ (नेविसंघ) ले (बैशाख ६ गते) आफ्नो स्थापना दिबस मनाउँदै छ । नेपाल बिद्यार्थी संघ आजको दिन सम्म आइपुग्दा राष्टियता ,लोकतन्त्र ,समाजबाद र बिद्यार्थी एकतालार्इ आफ्नो आदर्श मान्ने संघको गरिमामय झण्डा ती सहिदको क्रान्तिकारी रगतको रातो छाप र पन्चायतको काल कोठरिमा २०२७ बैशाख ६ गते स्थापना देखि नै महानतम संघर्ष, पसिना, इमान्दारिताले सिन्चित छ, जहाँ प्रजातान्त्रिक राजनीतिक आन्दोलनको निम्ति रास्ट्र प्रेमी बिधार्थिहरुले उठायको मसाल र सिर्जनाको प्रतीक बिद्यार्थीको कलम बिद्यार्थी आन्दोलन ,देशबासी र काङ्ग्रेसको निम्ति आफ्नोपन दिइरहन सफल रह्यो ।
शैक्षिक रुपमा बिश्वबिद्यालयहरुमा शैक्षिक हिसाबले उठाउने एजेन्डाले नेबिसंघलाई बिद्यार्थीहरुको बीचमा लोकप्रिय बनाइ रहन सहयोग गर्दथ्यो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका नतिजाहरु नेबि संघले उठाउने एजेन्डालाई अनुमोदन गर्ने माध्यम हुन, नेबिसंघले ठुला र महत्वपूर्ण कलेजमा सधैं जित हासिल गर्दै पनि आयो । मुलतः मुलुकको आबश्यकताले राजनैतिक मुद्दा देखिने गरि बढी उठ्दा पनि नेबिसंघले सधै शैक्षिक मुद्दामा कम ध्यान दिएको भान कहिलै भयन ।
मुलुकमा २००७ सालमा काङ्ग्रेसको नेतृत्वदायी भुमिका सहित बिपि कोइरालाले सुरु गर्नुभएको प्रजातान्त्रिक आन्दोलन, २०४६ मा गणेशमान सिह नेतृत्वमा बाम गठबन्धन सहितको प्रजातन्त्रको पुनर्बहाली त्यसपछि सात राजनैतिक दलको आह्वानमा भएको लोकतान्त्रिक आन्दोलन ६२/६३ को सफलता सँगै शान्ती प्रक्रिया पछि संबिधान सभा मार्फत मुलुकमा सुशिल कोइरालाको नेतृत्वदायी भुमिकामा संबिधान जारी रहदा मुल पार्टी काङ्ग्रेसको नेतृत्व मात्र होइन हरेक मुलुकको राजनैतिक परिदृश्यमा आम जनताले अनुभव गर्ने गरि नेपाल बिद्यार्थी संघ जनताको बिचमा आस लाग्दो संगठनका रुपमा परिचित रह्यो ।
विकासक्रम र राजनीतिक सिद्धान्तको आधारमा समाज तथा राज्यलाई सञ्चालन तथा व्यवस्थित गर्ने क्रम सुरु भएपछि विभिन्न विचार दर्शनको बीचमा बिपि कोइरालाले आफुलाइ प्रजातान्त्रिक समाजबादी कित्तामा उभ्याए पछि सोको सबै भन्दा बैचारिक अनुयायीहरु उत्पादन नेपाल बिद्यार्थी संघबाट नै हुन्थ्यो । आजको काङ्ग्रेसको नेतृत्व हाक्ने अधिकाशं नेताज्यूहरु नेपाल बिद्यार्थी संघका पृष्ठभुमि बाट नै रहनुभएको छ ।
“नेपाल बिद्यार्थी संघ आज पनि लाखौ बिद्यार्थी आवद्ध बिद्यार्थीहरु संगठन हो, जसका हरेक गतिविधिबारे आम बिद्यार्थी ,नागरिक समाजका सचेत ब्यातित्वहरु, मित्रवत संगठन र सम्पुर्ण शैक्षिक क्षेत्रले नियालिरहेको हुन्छ राजनैनिक परिवर्तन पछि अबको एजेन्डा के त समग्र बिद्यार्थी आन्दोलनको ? भन्ने गम्भीरता जनमानसमा उठेका प्रश्नहरुको जवाफ दिन नेपाल बिद्यार्थी संघले सधै सक्नुपर्छ । ”
सुचना प्रबिधिको आजको युगमा सामाजिक न्यायलाइ नेपाल बिद्यार्थी संघले आफ्नो दायित्व सम्झनुपर्छ, समाजमा कोहि पनि बिद्यालय जाने उमेरका बिद्यार्थी बिद्यालय बाहिर नरहुन भन्नका लागि अनिबार्य व्यबहारिक बैज्ञानिक र जीवन उपयोगी शिक्षा राज्यको जिम्मेवारी हुनुपर्छ भन्ने बिषय बिद्यार्थी संगठनका लागि पहिलो एजेन्डा हो । साथैसंगै बिद्यालयमा भर्ना भएका १०० बिद्यार्थी मध्य करिब ३० मात्र विद्यालय तहको अन्तिम खुड्किला सम्म पुग्छ्न । यसको मुल कारण के हुन सक्छ ? के बिद्यालयमा पढेर भोलिको जीबनमा रोजगारी, सीप, योग्यता, ज्ञानको आधारमा जिबनयापन गर्न सकिँदैन त भन्ने नै हो त ? त्यसो हो भने बिद्यालय तहको शिक्षा प्रणालीमा कमजोरी फेर्ने कुरामा हाम्रो तत्परता किन छैन ? गरिबी लगायतको कारणले हो भने उचित बिद्यार्थी सहयोग भत्ता किन नदिने, बास्तबिकतामा बिद्यालय तहमा हुने अनावश्यक राजनीतिकरण, नया संघीय शिक्षाको ब्यबस्था अनुसार व्यबहारिक जीवन उपयोगी शिक्षा र प्रणालीगत पुर्नगठन नेबिसंघले अबको दिनमा उठाउनुपर्ने एजेण्डा हुन् ।
“राष्टिय शिक्षा नीतिले नीतिगत रुपमा बिधालय तहलाइ (१-१२) सँगै सिटिइभिटिइ प्राबिधिक एसइइ, १५/२४ महिने तालिमहरु र डिप्लोमा कोर्श सन्चालन हुँदै आएका छन । यि तालिममा लक्षित बर्गको पहुँचमा कतिको छ ? अझ धेरै प्राबिधिक सिट मार्फत नेपालमै रोजगारी, व्यावसायिक युवाहरू उत्पादन वा परम्परागत अदक्ष कामदार बिदेश पठाउनु भन्दा दक्ष श्रमिक रोजगारीमा पठाउदा बैयक्तिक र राज्यलाइ नै फाइदा मुलक हुन सक्छ ।”
.

दक्ष जनसक्ती कति हो, मुलुकमा ब्याबसायिक कृषि क्रान्ती गर्ने हो भने कृषि बिज्ञ, भेट्नरी प्राविधिक कति आवश्यक हो, ब्यबस्थापन पढेका वा शिक्षक कति चाहिने हो भन्ने बिषय बहस र उनीहरुलाई उपयुक्त शिक्षाको बाताबरण ,छात्रवृत्ति, प्रयोगात्मक ज्ञान लगायत शैक्षिक बाताबरण र रोजगारीको अबसर लगायतमा बृहत् बहस र यसलाइ एजेन्डा बनाउने तर्फ नेपाल बिद्यार्थी संघ अग्रसर हुनुपर्ने छ। राष्ट्रिय आवश्यकता अनुसारको दक्ष जनशक्ति निर्माण मात्रै होइन हाम्रो श्रोत साधन परिचालन मार्फत अन्तर्राष्टिय शैक्षिक हब बनाउन विश्वविद्यालय तहको शिक्षा लाई अझ अनुसन्धान मुलक विशिष्टिकृत गर्ने बिषयमा राष्ट्रिय बहस सिर्जना पनि नेबिसंघले गर्नुपर्छ ।
२१ औ शताब्दीको विश्वबजार सँग प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्न सकोस तर अहिले नेपालमा सबै जसो विश्वविद्यालय चरम राजनैतिक हस्तक्षेपको सिकार छन , गाउँका स्कुलका व्यबस्थापन समिति गठन, शिक्षक नियुक्ति लगायत स्थानिय सरकारको गलत हस्तक्षेपको समस्या पनि कम सकसपुर्ण छैन । यो बारेमा बोल्ने मात्र हैन राष्ट्रिय एजेन्डा बनाई बृहत छलफल र बहसका माध्यमले शिक्षा क्षेत्रमा गलत नियत सहित गरिने राजनैतिक हस्तक्षेप प्रती प्रश्न उठाइ शैक्षिक बाताबरण कायम गराउनु पर्दछ ।
अहिले विश्वभर कोरोनाले विश्व आतंकित पारेको अबस्थामा देश भरका लाखौं नेबिसंघ सदस्यलाई स्वयंसेवकको रूपमा परिचालित गर्दै सामाजिक दुरि कायम राख्ने, नियमित साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, लगायत साबधानी र लकडाउन पालन गर्ने गराउने कार्यमा परिचालन गर्नुपर्ने उपयुक्त देखिन्छ । यी विषम परिस्थितिमा कालोबजारी, राहतमा अनियमितता, र भाडामा बस्ने बिद्यार्थीहरुको समस्या समाधान पनि नेबि संघले बोल्नुपर्ने बिषय हो ।
“गलत अर्थ नलाउने हो भने, हरेक संकटमा यो एउटा अबसर पनि बन्न सक्छ नेपालको शैक्षिक प्रणालीमा व्यापक परिबर्तनको अबसर बन्न सक्छ नेपाल बिद्यार्थी संघको अगुवाईमा अनलाइन कक्षा तत्काल सुरु गराउन र विभिन्न शैक्षिक एप निर्माण गरि बिद्यालय देखि बिश्वबिद्धालयसम्मका अध्ययन अध्यापन सुचारु गर्न सके एउटा महत्त्वपूर्ण उपलब्धि हुनेछ र यस लगायत अन्य समसामयिक आम चासोको बिषय एजेन्डा हुन सक्छ्न ।”
मुलुकमा ब्याप्त भ्रष्टाचारजन्य बाइड बडि जहाज काण्ड, नेपाल टेलिकमको अरबौ भष्टाचार काण्ड, एनसेलको कर छली, सेकुरिटी प्रीन्टिङ मेसिन खरिद, यति घोटाला (नेपाल ट्रस्ट), बिजुली बस काण्ड देखि कोरोनाको कहरको बिच ओम्नि काण्ड सम्म आइपुग्दाका घटनाहरूबारे बोल्ने प्रयास त भयो तर मुल एजेन्डा कै रुपमा भ्रष्टाचारको भण्डाफोर गर्ने बिषय अझै प्रभावकारी भएको देखिन्न । सामाजिक रुपमा रहेका बिभेदको विरुद्ध सामाजिक समानता र न्यायको लागि देशमा उठ्ने हरेक हरेक पहिलो आवाज नेपाल बिद्यार्थी संघको हुनुपर्छ ।
(लेखकक्षेत्री नेविसंघ स्याङ्जाका सभापति हुनुहुन्छ । )
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…