“म तिम्रो प्रेमिका होइन”
गोमा गैह्रे :
म तिम्रो प्रेमिका होइन,
थुप्रै सम्बन्ध भन्दा अलग,
सबै आफन्त भन्दा नजिक,
संसार अटाउने मन्को सिहांसनमा तिमीलाई राखे,
के यो मेरो भुल थियो र?
जीवनमा हर पानाहरु खुल्दै थिए तिम्रो सामु कहाँ कहिले के लेखिएको थियो,
कोरिएका कतै मेटिएका कतै मेटाइएका मेरा अतीत,
सायद तिमीलाई भन्दा धेरै त म आफैंलाई पनि थाहा छैनहोला।
आकाश लजाउदैन धर्तीलाई देखेर,
धर्तीले घुम्टो हाल्दैन आकाशलाई देखेर,
यस्तै यस्तै केही त थियो यार तिमी र ममा,
के यो मेरो भुल थियो र?
आज किन बोल्दैनौ बोलाउदा पनि,
के भयो सोध्दैनौ टोलाउदा पनि,
कतै बिझाएकि छु भने झारिदिनु निसंकोच जमीनमा,
जहाँबाट उठेर तिम्रो आँखासम्म पुग्ने दुस्साहस गरेकी थिए,त्यही पछारिदिनु।
दुखाएकी छु भने त्यो मुटुलाई,
फ्याकिदिनु त्यही बगरमा जहाँबाट तिमीले टिपेका थियौ एउटा जीवन,
म तिम्रो प्रेमिका होइन,
न त श्रीमति नै,
न दिदी न बहिनी,
केवल मन सँगको साइनो हो तिम्रो र मेरो,
तर प्रेमिका झै मायालु,
श्रीमति झै दोस्ती,
दिदिबहिनी झै शुभचिन्तक,
अवस्य बन्न सक्छु।
म नारी तिमी पुरुष फरक यति हो,
समाजले तेर्साउने अनगिन्ती प्रश्नहरु त मेरो सामु पनि छन।
नियमहरु छन।
कर्तव्य अनि जिम्मेवारी पनि,
नारी पुरुषको सम्बन्ध प्रेमी प्रेमिका र लोग्ने स्वास्नीको मात्रै हुनुपर्दैन भन्ने बुझ्नुपर्छ यो समाजले।
तर थाहा छ तिमीलाई,
यी सबै नाता सम्बन्धभन्दा केयौ गुणा माथि छौ तिमी,
र रहिरहनेछौ जीवनभर।।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


