कृषि खेतीमा फैलिदै हाते ट्याक्टरको साम्राज्य, गोरु पाल्ने चलन हरायो

खुमकान्त अर्याल :
आजभन्दा पन्ध्र वीस वर्ष अगाडि देखी वढी देखिन थालेको समस्या हो यो । युवाहरु विदेश पलायन हुने प्रतिस्पर्धा भयो । कोही शहर तर्फ वसाई जाने लर्को चल्थ्यो । गाँउको पेशा तथा वसोवासको सन्तुलन छिन्नभिन्न हुदै थियो । गाउँमा गोरु पालिएका भए पनि हल चलाउने युवाहरु कम हुदै गए । ज्यालामा काम गर्ने कृषि मजदुर प्रयाप्त पाइन छाडे, पाइहाले पनि महंगो श्रमले उत्पादन भन्दा लागतको मात्रा १०० प्रतिशत सम्म वढी पर्ने । कृषिको कर्म विथोलिएको तर जीविकाको अन्य वन्दोवस्ती पनि भैनसकेको संक्रमण अवस्था वाट समाज गुज्रदै गयो ।
योजना वनाउनेहरु सकेसम्म गाँउमा यातायातको व्यवस्था, राम्रो स्कुल खोल्ने, विजुली पानी पुर्याउन सके र रोजगारी दिन सके मानिसहरुको शहर पलायनको लहर रोकिन्छ कि भनेर प्रयास नगरेको होइन तर सफलता हातलाग्न सकेन । समाजले ग्रामीण परिवेस वचाउन नसकेको अनुभव गर्दै थियो र छ अहिले पनि । युवाहरुले कृषिवाट आफनो जीविका गर्ने कुरालाई विश्वास गर्न छाडेका थिए । समाजको केहीसानो हिस्सा हिजो तेती धेरै परिवार पालेको जग्गा वाँझो रहेको देख्न पनि नसक्ने साधन जुटाएर कृषिलाई निरन्तरता दिनपनि नसक्ने अनिर्णीत अवस्थामा हुदै गए । कृषिको विंणो थाम्न मजदुरहरुवाट गरिने कामको लागि कुनै यन्त्र भएमा केही निरन्तरता दिन सकिएला, अन्यथाको कुनै विकल्प वाँकी थिएन र छैन पनि । आफनो र समग्र समाजको समस्यालाई नजिकवाट देख्दा निरासा लाग्थ्यो । यो समस्या जतासुकै भएपनि तराई मधेस र फाँट मध्येको ठाउँमा जोत्न र ढुवानीको लागि टयाक्टर तथा स साना जिपवाट काम लिन केही सहज भएतापनि देशको वाँकी कृषियोग्य भूमिमा यो अवसर थिएन र अझैछैन । ट्याक्टर सहितको यन्त्रवाट काम लिनसकिने ठाउँको तुलनात्मक रुपमा हेर्नेहो भने कुल कृषि योग्य भूमिको करीव ७० प्रतिशत भन्दा वढी भागमा वाटोको व्यवस्था मिलेको छैन होला ।

खुमकान्त अर्याल

यो कठिनाईको वीचमा चीनिया हाते टेक्टर आयो वजारमा केही समय अगाडि देखी । यसको विश्वास गर्नको लागि पनि मानिसहरुलाई धेरै समय लाग्यो । पहिला केही तरकारी उत्पादक कृषकहरुले प्रयोग गरे । यन्त्र सम्वन्धि जानकारी कम भएका मानिसहरुको लागि डर लाग्नु स्वभाविक पनि हो । चलाउदा विग्री पाे हाल्छकी, आँफैलाई किच्छकि, चल्दाचल्दै गरा, भीरवाट तल्तिरपो गुल्टिने हो कि, यस्तो आशंका तत्सम्वन्धी ज्ञान नभएको मानिसलाई हुन्छ नै । हामी भोली केही नहुने भएतापनि पहिल्यै वढी डराउने स्वभाव सवैमा छ । समाजको मनोविज्ञाननै यस्तै तरीकावाट गुज्रेको छ । यस्तै क्रममा मैले पनि एक हाते ट्या्रक्टर किनें तर कामदेला भन्ने विश्वास चाही कमथियो । सामान्य १ /२ घण्टाको सिकाइृमा चलाउन जाँनिदो रहेछ ।

उपयोगपछि थाहा भयो । कम पैसाको अपत्यारिलो लागेको यो साधन निकै उपयोगी पो रहेछ । एक दुइ दिन चलाउदा शरीर थर्के जस्तो भएता पनि क्रमशः यसको गतिवाट उत्पन्न कम्पनलाइ हेन्डिल समात्दाको हातको दवावलाई मिलाए पछि कुनै असर गर्दैन, सजिलै चलाउन सकिने रहेछ । यो साधनको प्रयोग पछि कम लागतमा खेती उव्जन थालेको
यो साधनमा प्रयोग भएका सामानहरु सरल खालका छन् । वहुधा विग्रने र प्रयोगहुने पाट पुर्जा वाहिरै वाट देखिन्छ । तेलको टंकीको मुख माथिवाटै छ । मोविल चेन्ज गर्नको लागि वाहिरै सानो मुख छ । स्टार्ट गर्नको लागि स्टार्टरको समात्ने वींड वा हाते नेति वाहिरै छ, तानेर स्टार्ट गर्न सजिलै सकिन्छ । गति तीव्र गर्ने घटाउने वटन हेन्डिलको हात समाउनेै ठाँउमा छ । टेक्टर, मेलामा लगीसकेपछि टायर निकालेर तेही ठाउँमा क्लिपले जडान गर्न यसै जानिन्छ । हलोको हेन्डिलको उचाई कति ठीक हुन्छ एक पटक प्रयोग गरेपछि संधैलाइ भयो ।

जोताइको गहिराइ कति गर्ने हो पछिल्तिरको फालीकाे होलमा ठेँडी राख्न सजिलै जानिन्छ । कमसेकम ५ सात घण्ट चलाएको हेरेमा वा जान्नि मान्छेको साथमा २ तीन घन्टा जोतेर हेर्ने हो भने जानिन्छ । धेरै मानिसहरुले भने यसले गहिरो जोत्दैन, यो वाटो नभएको मेलामा लैजान सकिदैन, यसतो कुटे मशिनले जोतेर के खेति होला , विग्रेमा वनाउन पाइदैन , महंगो पर्दछ आदि । यसले सामान्य गोरुले जोत्दा करिव हाम्रो पहाडे माटोमा ७ आठ इन्च जोत्ने हो , यसले तेती मात्र होइन पछिल्लो फालिको आँखा मिलाएर उचाइ कायम गरियो भने एक १० इन्च गहिराइ सम्म जोत्छ । यो टेक्टरले एक पटक ठाडो जोत्ने र आर्को पटक तेस्रो काटेर जोतियो भने वाँझो कत्तिपनि रहदैन । तेश्रो पटक २ नं गियरमा दुकुरायो भने डल्ला पुरै धुलो भई मल र माटो पुरै घुलन हुन्छ । यसले जोते पछि माटो मसिनो वनाउनेहुदा डल्ला फुटाउने ज्यामी खर्च वच्छ । यो टेक्टरले १ घण्टको लागि जोत्दा एक लिटर डिजल वा पेट्रोल भन्दा वढि खाँदैन । हामीले एक हल वा एक रोपनी सरदर भनेर मान्दै आएको जग्गा वाँझोनै जोत्न गोरुवाट एक दिन लाग्थ्यो भने यसले करीव २ घण्टामा जोत्छ । भिजेको वा कमलो जग्गा भए तेती पनि लाग्दैन ।

यो करीव ३ फुटको वाटोमा लैजान सकिन्छ । अली सिपालु भएपछि एउटा टायरलाई स्टार्टमा हिडाएर आर्को टायरलाई ठड्याएर सानो वाटोमा पनि लैजान सकिन्छ । कान्ला चढाउन पर्रयो भने स्टार्टमै राखेर १ नं गियरमा हलोवाटनै लैजान सकिन्छ, अगाडी डोरी लगाएर माथिवसेर एकजनाले तान्ने र पछाडिवाट हेन्डिल समातेर विस्तारै चलाउँदैै अगाडि वढाउन सजिलोसंग सकिन्छ । ओरालोमा पछिल्लो फालीले भुईमा धसारेर वा पाललगाउदै विस्तारै स्टार्ट वन्द गरेर कान्लावाट तल झार्न सकिन्छ एक्लैपनि । २ वटा गोरु, एक हलि, माटो मशिनो गर्न चाहिने २ जान ज्यामी समेत ५ जाना चाहिने काम एक्लैे गर्न सकिन्छ । गोरुवाट चल्ने हलो भन्दा टेक्टर चलाउन केही हलुंगो पनि हुन्छ । हरेक २० घण्टा जोतेपछि मोविल फेर्ने र वेलावेलामा सर्विस गरी राख्यो भने यो टेक्टर ७÷८ वर्ष जति खप्छ । यो हाते ट्याक्टरले खेत रोप्न पनि मिल्छ ।

कृषि पेशा जीवित राख्नै समस्या परिसकेको पहाडी जग्गा तथा निकास नभएका स्थानहरुमा खेती गर्नको लागि यसलाई वरदाननै मान्नु पर्दछ । ठुला ट्याक्टर जाने नै ठाँउमा पनि माटो मशिनो वनाउन, करेसावारीको थोरै थोरै जमिन जोत्न धेरै सजिलो हुने भएको हुदा अहिले यसको माग वढी रहेको छ । तरकारी खेतीका किसानको लागि त झन यो प्यारो छ । यो टयाक्टरको प्रयोगगरी स्थानीय स साना जमिनका टुक्राहरुमा पनि खेती गरी वाँझो नराख्ने, कृषिको उत्पादन वढाउने लक्ष लिई धेरै स्थानीय सरकारहरुले किसानलाई अनुदानमा उपलव्ध गराइरहेको पाईन्छ । अहिले सम्मको वितरण समुहमा, कोटा तोकेर दिने गरिँदा माग गर्ने सवै किसानले पाइनसकेको भन्ने सुन्नमा अाएकाे सन्दर्भमा भने केही भन्न्नै पर्ने जस्तो लाग्छ ।

अन्य पेशा जागिर भएकाहरुले पनि साँझ विहान एक दुइघण्टा समय मिलाएर आफनो खेतवारी जोत्न सकिन्छ यसले । यो हाते ट्रयाक्टर जति किसानले माग्दछन, ती सवैलाई दिन सकियो भने समग्र कृषिको उत्पादन पक्कै वढ्छ । यसको दुरुपयोगको सम्भावना छदैछैन भन्दापनि हुन्छ । ५० प्रतिशत आफनै लगानी गर्नुपर्ने भएपछि नचाहिनेले माग नै गर्दैनन, जति प्रयोग हुन्छ उत्पादन वृद्दिमा सघाउ नै पुग्दछ । विग्रेको वेला गाँउघरमा वनाउन नपाएको कारणले केही समस्या देखिने गरेको हुदा, वनाउनको लागि गाँउगाँउमा तालीम दिने र चलाउनको लागि सिकाउने व्यवस्था भयो भने कृषियोग्य भुमिको वाँझो रहने अवस्थामा सुधार भइ समग्र कृषिको राष्ट्रिय उत्पादन वृद्दि हुनेदेखिन्छ ।

Facebook Comments Box
TOP