विपि कोईराला,प्रजातन्त्र र राजतन्त्र ।

देवेन्द्र प्रसाद भट्टराई

देवेन्द्र प्रसाद भट्टराई :

मैले वि पि कोईरालालाई देख्न र भेट्न त पाइन तर धेरैजना बिद्वान, लेखक , नेता र स्वयं वि पि कोईरालाले लेखेका पुस्तकहरूको अध्ययनबाट उहाँका बारेमा धेरै कुरा सिक्ने, सुन्ने र बुझ्ने अवसर प्राप्त गरेको छु । देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभया,े राजाले नै पदच्युत गरे अनी निर्वासित जीवन बिताउनु पर्यो । देश भित्र र देश बाहिर रहेर उहाँले नेपालमा पंचायती शासनको अन्त्य , बहुदलीय प्रजातन्त्रको स्थपानको लागि मात्रै होईन, प्रजातन्त्रको घाटी निमोठ्ने तत्कालिन राजा महेन्द्रको वेवास्ता गर्दै राजतन्त्र सहितको प्रजातन्त्रको अपरिहार्यताको लागि जीवनभर संघर्ष गर्नु भयो । २०३७ सालमा जनमत संग्रह भयो, राजाले बिभिन्न प्रपञ्च रचे , षडयन्त्र गरे र राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्र पक्षधरलाई हराइयो । वि पि कोईरालाले हार स्वीकार गर्नुभयो र पुन नयाँ रणनीति तर्फ लाग्नु भयो । राजाले सधै फसाउन खोजे, दबाउन खोजे तर महामानव विपि कोईरालाले गणतन्त्र कुरा गर्न त परै जाओस् स्मरण समेत गर्नु भएन ।

“नेपालमा राजतन्त्रको आवश्यकता छ भनेको राजासँग पल्टन छ, त्यसकारण राजाको तारिफ गर भन्ने हिसाबमा होइन । किन आवश्यकता छ ? त्यो चाहिं मलाई मात्रै आवश्यकता छैन , हाम्रो पार्टीलाई मात्रै आवश्यकता छैन , देश राख्न खोज्ने सबैलाई आवश्यक छ “-विपि कोईराला ।


राजा बीरेन्द्रको बंशनास पछि नेपालमा राजतन्त्र विरोधी आवाजÞहरू बुलंद हुन थालकोे सवै सामु छर्लङ्ग छ । राजा ज्ञानेन्द्र को २०५९ माघ १९ को कु पछि देशभरी नै राजा विरोधी गतिबिधिले उग्ररूपलिन थालेको हो । २०६२/६३ को जनआन्दोलन पछि गणतन्त्रको बिषयमा बहस चल्यो । गिरिजा प्रसाद कोईरालाले बेबी किंग को प्रस्ताव निक्कै पछि सम्म पनि राखिरहेका थिए । अन्तत : २०६५ जेठ १५ गते नेपालमा गणतन्त्रको घोषणा भईछाड्यो । गणतन्त्रको घोषणाको ११ वर्ष पार गर्दा हाम्रो देशको अवस्था र हाम्रा नेताहरूको कार्यशैली हेर्दा वि पि कोईराला कति दुरदर्शी राजनेता हनुहुँदो रहेछ भन्ने कुराको आभास अहिले भईरहेको छ । शायद यसको भान नेपालका कम्युनिष्टहरुमा पनि परेको हुनु पर्दछ ।
विक्रम सम्वत २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछि धेरै सरकार बने तर ती सरकार पनि कहिले स्थीर हुन सकेनन् । यही वीचमा माओवादीको शसस्त्र द्धन्दका कारण देश अधो गति तर्फ धकेलियो ।
बर्तमान् अवस्थालाई हेर्दा सुचना प्रविधि,शिक्षा,स्वास्थ्य तथा यातायातको क्षेत्रमा केही प्रगती भएको देखिन्छ तथापी यो प्रयाप्त छैन देशमा हत्या,हिंशा,भष्ट्राचार मौलाएको छ । सय र हजार घुुस खानेलाई रंगेहात समातिएको छ तर कराडौं र अरवौं रुपैया झ्वाम पार्नेहरुलाई मात्रै होईन हत्या,हिंसा,बलत्कार गर्नेहरुलाई शक्तिको दुरुपयोग गरी स—सम्पान सुरक्षा दिने काम भईरहेको छ ।
राजा महेन्द्रको अहिले कतिपयले प्रशंसा गरिरहेका छन् किनकी उनको विदेश नीति,सिमा सुरक्षा र राष्ट्रियता प्रतिको लगाव निक्कै उत्कृष्ट रहेको पाईन्छ ।

राजतन्त्र क्रियाशिल रहेको बेलामा बनेको दशरथ रंगशाला,जत्तिको सुविधा सम्पन्न अन्य एउटै रंगशाला बन्न सकेको छैन । राजाकै शासन कालमा बनेका पृथ्वी राजमार्ग,सिद्धार्थ राजमार्ग,पुर्ब पश्चिम राजमार्गको स्तरका अर्काे कुनै नयाँ राजमार्ग अहिले सम्म तयार भएको छैन् ।


देशमा संघियता लागु भए पश्चात ७ प्रदेश, ७ सय ५३ स्थानीयतह बने, निक्कै आशा गरिएको प्रदेश संसद र प्रदेश सरकार वोधार्थ कार्यालय जस्तै देखिन्छ । जनताको सेवक भएर काम गर्ने वाचा गर्दै विजयी भएका स्थानीय स्तरका निर्वाचित प्रतिनिधीहरु अहिले उनीहरुको गतिविधी हेर्दाे सेवक हैन शासक जस्तो व्यवहार गरिरहेकाछन् । जनताहरु वाक्क दिक्क छन् , चाहे संघीय सरकार होस् चाहे प्रदेश सरकार होस् चाहे त्यो स्थानीय सरकार होस् यी सरकारका गतिविधिबाट जनता पटक्कै खुसी छैनन् । हाम्रा नेताहरूको कार्यशैली यस्तै रहीरहने हो भने धेरै राजाहरू भंदा बरू कुनै न कुनै रूपमा वि पि कोईरालाले चाहे जस्तो एउटा राजा ठीक हुनेछ भन्ने कुरा म र म जस्ता धेरै नेपालीहरू लाई लाग्न थालेको छ । नेताहरू लाई चेतना भया ।।।

लेखक भट्टराई आँधीखोला मिडिया तथा सामुदायिक चेतना मञ्चका अध्यक्ष हुनुहुन्छ ।

Facebook Comments Box
TOP