बसमा विद्युतीय टिकट प्रणाली : सजिलो र झण्झटिलो उस्तै

काठमाण्डाै –
झापाका अमित अधिकारी साझा बस चढ्दा खल्तीमा चानचुन पैसा बोक्नुहुन्न । उहाँसँग भाडा तिर्न मिल्ने विद्युतीय कार्ड छ । बसमा चढ्ने बित्तिकै सहचालकलाई कार्ड देखाउनुहुन्छ । सहचालकले त्यो कार्ड मेसिनमा राख्छन् । जहाँसम्म पुग्नुपर्ने हो, कार्डबाट त्यति नै पैसा काटिन्छ ।
रानीबारी बस्ने अमित लगनखेलको एक प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ । कार्ड प्रणालीले यात्रामा केही सजिलो भएको उहाँले बताउनुभयो ।
‘पहिले घरबाट निस्किँदा गाडी भाडाको लागि भनेर चानचुन पैसाको जोहो गर्नुपर्थ्यो, अहिले ढुक्क छ’ उहाँले खुशी हुँदै भन्नुभयो । तर कहिलेकाँही भने कुनै सहचालकसँग यो मेसिन नै नहुँदा र भए पनि काम नगर्ने अवस्थामा हुँदा भने खल्ती छाम्नुपरेको उहाँको अनुभव छ । ‘त्यसो हुँदा फेरि उही पुरानो ताल’ उहाँले टाउको कन्याउँदै गुनासो पोख्नुभयो ।

बसको टिकट प्रणाली विद्युतीय बनाउने भनेर साझा यातायातले यस्तो प्रणाली लागू गरेको छ । आफूसँग भएका जम्मा ५१ बसहरुमध्ये अहिले ४५ बसहरुमा यस्तो सुविधा रहेको साझा यातायात प्रालिका लेखाअधिकृत गोपालप्रसाद पन्तले बताउनुभयो । २० दिन अघिदेखि स्मार्ट कार्ड बाँड्न सुरु गरेकोमा अहिले १ सय ५० सेवाग्राहीहरुले स्मार्ट कार्ड लिइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
‘हामी अहिले परीक्षण कालमा छौं, यसको प्रचारप्रसार नभएकाले धेरै कार्ड बिक्री नभएको हो’ उहाँले भन्नुभयो, ‘तर बिक्री भएजतिबाट भने राम्रै प्रतिक्रिया पाएका छौँ । यसको प्रयोगले सेवाग्राहीलाई मात्र होइन, व्यवसायीहरुलाई पनि राहत पुग्ने छ ।’
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…