तमु ह्युल छोंज धीं गण्डकीकाे अध्यक्षमा पदमराज तमु(गुरुङ) निर्वाचित
स्याङ्जा :
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी (तमुवान)का अध्यक्षमा पदमराज तमु निर्वाचित हुनु भएकाे छ। शनिबार तनहुँको टुटेपानी घरवास (होमस्टे)मा सम्पन्न दोस्रो अधिवेशनले उहाँलाई निर्विरोध निर्वाचित गरेको हो । यो उहाँको दोस्रो कार्यकाल हो ।
यस्तैगरी नवनिर्वाचित पदाधिकारीहरूमा तर्फ उपाध्यक्षमा जीवन तमु र ठाकुर प्रसाद तमु उपाध्यक्ष, महिला उपाध्यक्षमा जनकासी तमुस्यो, सचिवमा खिमा तमुस्यो, संगठन सचिवमा प्रजन बहादुर तमु, सह सचिव विर्ख बहादुर तमु, कोषाध्यक्षमा गल बहादुर तमु, सह कोषाध्यक्षमा मन बहादुर तमु रहेका छन् । सदस्यहरूमा ललित बहादुर तमु र दुर्गा सिंह तमु निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।
नवनिर्वाचित अध्यक्ष पदमराज तमु वालिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष समेत हुनुहुन्छ ।
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


