माग बढेसँगै स्याङ्जामा कोदो उत्पादन वृद्धि ।
वालिङ :
माग बढेसँगै स्याङ्जामा कोदो उत्पादनमा सामान्य बृद्धि भएको छ । यस वर्ष १४ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा १६ हजार २४२ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुशार यो बर्ष १० मेट्रिक टनले उत्पादनमा बृद्धि भएको हो । गत वर्ष १६ हजार २३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।
जिल्लाका विभिन्न ठाउँमा गरिएको कोदो बालीको ‘क्रप कटिङ’ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरिएको उहाँले बताउनु भयो ।
अनुकूल मौसम, कीराको प्रकोप नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढेको केन्द्रका प्रमुख हमालको भनाई छ ।
भीरकोट नगरपालिका–५ की विष्णुकुमारी रानाले यो बर्ष पाँच मुरी कोदो भित्र्याउनु भयो । उहाँले भन्नुभयो,“केही बर्ष खेती कमजोर थियो यो बर्ष भने राम्रै उत्पादन भएको छ ।” आफूले १५ मुरीसम्म कोदो भित्र्याएको अनुभव सुनाउँदै रानाले केही बर्षको तुलनामा यो बर्ष राम्रो उत्पादन भएको बताउनु भयो ।
पुतलीबजार नगरपालिका–११ का राजन लामिछानेले पनि अहिले ३ मुरीसम्म कोदो फलेको बताउनु भयो । समय आफूहरुले बाँझो रहेको जमिनमा कोदो लगाउन सुरु गरेको उहाँको भनाई छ ।
माग बढेसँगै कोदोको मूल्य पनि राम्रो पाउने गरेको वालिङ नगरपालिका २ अमृता हिताङले बताउनु भयो । उहाँले भन्नुभयो,“अहिले कोदोको पाथीको २५० मा सजिलै बिक्रि हुने गरेको छ,माग पुरा गर्न सकिएको छैन् ।”
बन्यजन्तुबाट कम क्षती हुने र बजार पनि सहजै पाउन सकिने भएकाले यस प्रति आकर्षण बढ्दै जान थालेको ज्ञान केन्द्रको भनाई छ ।
जिल्लामा प्राय धेरै स्थानहरूमा लगाइने कोदो खेती प्रवद्र्धनका लागी ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । रैथाने बाली संरक्षण तथा प्रवद्र्धन कार्यक्रम मार्फत जिल्लाका धेरै कोदो हुने स्थानहरूमा यस्ता खालका कार्यक्रम हुने गरेको प्रमुख हमालले बताउनु भयो । स्याङ्जामा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिदै आएको छ ।
पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेको कृषकहरुको भनाई छ । केही समय अगाडि सम्म बाँझो रहेका जमिनमा पनि कोदो खेती सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कोदोको परिकार प्रति सहरिया मानिस र पर्यटकको आकर्षण बढ्न थालेपछि किसान कोदो खेतीमा आकर्षित भएका हुन् । गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास)मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ ।
उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको हो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …