आलोचनात्मक चेत सहितको स्वतन्त्र नागरिकले मात्र प्रजातन्त्रको रक्षा र दुदृढ गर्न सक्छ
खुमकान्त अर्याल :
प्रजातान्त्रिक बिचार समाज,गण्डकी प्रदेशको अधिबेशन तथा, लोकतन्त्रको सबलीकरण र सुदृढीकरणमा नागरिकको भूमिका विषयक एक दिने गोष्ठी’ यही पौष २८ गते वालिङको पतन्जली योगपीठको प्रांगणमा सम्पन्न भएको छ । समाजका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष जीवलाल काफ्लेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा हुनुहुन्थ्यो ।
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले,प्रदेशका सांसदद्वय भोजराज अर्याल र कल्पना अर्याल,समाजका ११ जिल्लाका प्रतिनिधी र पार्टी प्रतिनिधि, आजीवन सदस्यहरु एवम् पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजकी स्याङजा जिल्ला सचिव सीता गैह्रेले गर्नुभएको थियो ।
समाजका जिल्ला अध्यक्ष युक्त बहादुर बोगटीले प्रजातन्त्रमा बिचलन आइरहेको भन्दै यो अवस्थामा भएको छलफलले राम्रो बाटो देखाउन सफल हुनेमा विश्वास व्यक्ति गर्नुभयो ।
सभाध्यक्ष जीवलाल काफ्लेले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै सत्तामा जानेहरुमा सत्ताको उन्माद भइ निरंकुसता तर्फ जान सक्ने धारणा राख्नु भयो । उनीहरुलाइ निरन्तर पहरेदारी गरि प्रजातान्त्रिक आचरण कायम गर्न सहयोग गर्न २०५२ सालमा यो संस्थाको गठन भएको उहाँले जानकारी गराउनु भयो ।
काफ्लेले संस्थामा बिभिन्न आठ क्षेत्रका बुद्धिजीवीहरुको आबद्धता रहेको । अहिले सम्म ७२ जिल्लामा संगठन बिस्तार भएको सो अवसरमा जानकारी गराउनु भयो । प्रजातन्त्रको संरक्षण र सम्वर्धनको लागि बैचारिक हिसाबले नेपाली कांग्रेससंग समाजको सामिप्यता भएपनि यो कसैको भातृसंस्था नभएको र स्वतन्त्र रहेको उहाँको भनाई छ ।
प्रजातान्त्रिक चेतना भएको नागरिकले मात्र प्रजातन्त्रका लागि लड्न तैयार हुने बिचार राख्दै यसको सट्टा लोकतन्त्र भन्न आवस्यक नभएको उहाँको तर्क छ ।
गोष्ठीका मुख्यवक्ता पृथ्बीनारायण क्याम्पसका प्राध्यापक भीमनाथ वरालले कार्यपत्र प्रस्तुत गर्दै, लोकतन्त्र देशको शासन व्यवस्थामा नागरिक आँफै वा आफ्ना प्रतिनिधी मार्फत सहभागी हुने र निर्णय गर्न पाउने अधिकार भएको बताउनु भयो । संसारमा शासन प्रणालीमा अत्यधिक माग भएको व्यवस्था पनि यहि नै हो उहाँको तर्क छ ।
पछिल्लो समय स्वतन्त्रता र समान न्यायका अतिरिक्त समुन्नतिका लागि लोकतन्त्रको नाराले सार्थकता पाएको छ । शाब्दिक अर्थमा आमसमुदाय प्रति उत्तरदायी शासन लोकतन्त्र हो तर नेपाली राजनीतिमा यो पक्ष निकै कमजोर हुदै आएको छ । आम मतदाताको हित गर्न कति सकियो भन्ने कुराले लोकतान्त्रिक पद्धतिको उपयोगको मापन गर्दछ । मुलतः उपलब्ध साधन र स्रोतको न्यायोचित वितरण लोकतन्त्रको मर्म हो र सबाल बिकासको पनि हो ।
लोकतन्त्रलाइ बचाइ राख्न भुइमान्छेलाइ सम्बोधन गर्नु पर्दछ जग भुइ नै हो । लोकतन्त्रमा नागरिकले कर तिर्ने जस्ता कर्तब्य हरु पनि हुन्छन् जो हाम्रो संबिधानले पहिलो पटक किटानी साथ उल्लेख गर्दछ तर ट्याक्स फस्ट होइन सर्विस फस्ट हुनु पर्दछ जो अहिले ट्याक्सको मात्र प्राथमिकतामा छ ।
नागरिक शसक्त र कृयाशील नभइ प्रजातन्त्र स्थायी हुदैन । संबैधानिक संस्था कमजोर भएका छन्, यसलाइ बलियो पारिनु पर्दछ । यतिका चरण पार गर्दा पनि हाम्रो लोकतन्त्र नब स्थापित चरंणमा छ । तसर्थ हामीकँहा लोकप्रिय नारा,जातिका चर्को मुद्दाहरु,पार्टी बिच शत्रुगत व्यबहार छ जो प्रजातन्त्रको कमजोरी हो ।
बहुमतको शासन हुनुपर्नेमा अल्पमतले शासन गरेको छ । तसर्थ यो बेला नागरिक सचेत हुनुपर्दछ, अध्ययन अनुभव गरि प्रश्न खडागर्न सक्ने हुन पर्छ पत्रकारले झै नागरिकले । नेता कार्यकर्तामा छलफल हुनु पर्दछ, रिसर्चबाट आएका कुरा बोल्ने,वातावरण संरक्षणका कुरामा बोल्नु पर्दछ ,दिएका सुझाब ग्रहण गर्नु पर्दछ,योग्य मानिसलाइ जिम्मेवारी दिइनु पर्दछ तब मात्र लोकतन्त्र संरक्षण हुनसक्ने बताउनु भयो ।
त्यसपछि वालिङ नगरपालिकाका निवर्तमान् पूर्व नगरप्रमुख दिलिप प्रताप खाँणले संबिधान नयाँ भएपनि ऐन कानुन पुरानो नै चलिरहेको,संबिधानमा समाजबाद उन्मुख भन्ने,ताँही स्वतन्त्रता र उदार अर्थतन्त्र पनि छ यसै गरि धर्म निरपेक्ष पनि छ र सनातन देखिको धर्म मान्ने पनि लेखिएकोले धेरै कुरामा विरोधाभास देखिन्छ संविवधानमा । नागरिकको धर्म भएपछि नागरिक सहितको राज्य कसरी धर्म निरपेक्ष हुन्छ भनि प्रश्न गर्नुभयो ।
त्यसपछि कास्कीका प्रतिनिधिले समाजले कार्यपत्र र सुझाब दिन प्रयास गरिरहेका हुन्छौ तर नेताहरुले सुन्न पनि नभ्याएर कार्यक्रम स्थल छाड्ने गरेको गुनासो गर्दै हाम्रा सुझाब ग्रहण गर्न अनुरोध गर्नुभयो । सभाका अर्का वक्ता कांग्रेसका कार्यवाहक सभापति केदार काफ्लेले कार्यक्रम सफलताको कामना गर्दै समाजले दिएका सुझाबलाइ सबै पालिका सम्म पुर्याउन सहयोग गर्ने बताउनु भयो ।
अर्का वक्ता समाजका केन्द्रीय महासचिब प्रा.डा.बासुदेब भण्डारीले प्रजातन्त्र बलियो हुन आलोचनात्मक चेत सहितको स्वतन्त्र नागरिक, स्वतन्त्र सन्चार र संबैधानिक अंगहरु बलियो हुनुपर्दछ । संसदका प्रतिनिधि संख्याको कटौती,समानुपातिक प्रणालीमा संशोधन गर्न सुझाब दिदै,अनेकको सौदाबाजी गरि सरकारमा टाँसिने प्रबृति रोकिनु पर्दछ भन्दै निरन्तरको खबरदारी गरि संविधानको संरक्षण हुनु पर्ने बताउनु भयो ।
यसैगरि समाजका बरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले छलफल गोष्ठी तथा स्मारिका प्रकाशनको माध्यमबाट निरन्तर खबरदारी र बैचारिक प्रवाह गर्नुका साथै प्रजातन्त्रको लागि योगदान दिनेहरुलाइ सम्मान गरिएको बताउनु भयो । त्यसपछि प्रदेश सभा सांसद भोजराज अर्यालले अहिले सम्म केही हुन सकेन भन्ने गुनासो तर्फ इंगित गर्दै शिक्षा,सञ्चार,सडक जस्ता क्षेत्रमा धेरै नै प्रगति भएको र भनेजति नहुनुमा हामीहरु पनि जिम्मेवार भएको कुरा स्वीकार गर्न अनुरोध गर्दै,संविधान सर्वकालिक नहुने र यसको संसोधन गर्न सकिने बताउंदै धेरै योगदान र बलिदानबाट यो संबिधान बनेको स्मरण गराउनु भयो र लोकतन्त्र संयोगमा शासित हुने ब्यबस्था भएकोले मुल्य मान्यता र आदर्शमा रहन सबैलाइ आग्रह गर्नु भयो ।
त्यसपछिको वक्ता प्रदेश सांसद कल्पना तिवारीले अहिले पनि केही पुराना कानुनहरु रहेको स्वीकार गर्दै र अहिले सम्मका कमीकमजोरीमा आँफु पनि जिम्मेवार भएको र प्रजातन्त्रको प्राप्ती पछि धेरै संघसंस्था स्थापना भएको तर तिनका गतविधीमा प्रस्न गर्न छाडिएकोले सहकारी जस्ता संस्थामा समस्या देखिएको हुदा सोधखोज गर्नपनि सुझाब दिनुभयो ।
अर्का बक्ता समाजका केन्द्रीय निवर्तमान अध्यक्ष केदार नरसिंह केसीले हामीले अमुल्य सुझाबहरु दिइरहेतापनि पार्टी दिनदिनै अधिनायकत्व तिर गैरहेकोमा चिन्ता ब्यक्त गर्दै,पार्टीलाइ चरित्र, विधी र सिद्धान्तको आधारमा संगठित हुन बैचारिक हिसाबले सजग गरि राखौं र टेर्दैनन भने सम्मान गर्न छाडौं भन्दै प्रजातान्त्रिक आस्था र बिचार जोगाउन हामी सबै लागौ भनि अनुरोध गर्नु भयो ।
त्यसपछिका वक्ता समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले केही भएन भन्ने गुनासो त गर्छौं तर यसको ठेकदार कसलाइ मान्ने भन्दै हामी आँफैले कति जिम्मेवार भएर काम गर्यांै सोच्न पर्ने भएकोछ । तानासाही समाजवाद हाम्रो सिद्धान्त होइन जहाँ राज्य नै शोषक र सामन्त हुन्छ,हाम्रो समाजवाद लोकतान्त्रिक हो जहाँ विकास,स्वतन्त्रता र चेतना पनि हुन्छ ।
एउटा बखेडा झिकेर संबिधान फेर्नु गलत भएकोले यसका केही प्राबधान बदलेर जानसकिने बताउदै भारतको संबिधान १०३ पटक संसोधन भइसकेको दृस्टान्त प्रस्तुत गर्दै अहिले केही ब्यक्तिहरु राजा फिर्ता गर्ने कुरा गरेकाछन तर हामीले समझेकाछौं, राजाले बीपीलाइ छेकथुन गरे,बिरोधी चेतना दमित गर्न के गरेनन,त्यसैले तिनलाइ फेरि फिर्ता गर्न उचित नहुने तर्क प्रस्तुत गर्नु भयो ।
‘प्रजातन्त्र राम्रो ब्यबस्था होइन तर यो भन्दा राम्रो अर्को कुनै ब्यबस्था छैन’ भन्ने विन्स्टन चर्चिलको भनाइलाइ उदृत गर्दै नेपालमा कांग्रेसको बिकल्प अरु नभएको बताउनु भयो ।
यस बिचार समाजले पार्टी र सरकारलाइ उपयुक्त सुझाब संधै दिइआएको र निरन्तर दिइरहने बताउनु भयो । प्रमुख अतिथि शुक्रराज शर्माले धेरै बक्ताले गुनासो मात्र गरेको तर गर्न पर्छ कसैले भनेनौं,गर्न पर्दछ भन्ने भाबना मर्यो भने प्रजातन्त्र संकटमा पर्दछ । तसर्थ प्रजातन्त्र बलियो बनाउन अन्यायका बिरुद्द बोलौं,जिउंदो जाग्दो बनौं ,बिउंझाउन सकौं भनि आग्रह गर्नु भयो ।
व्यक्ति धार्मिक हिसाबले निरपेक्ष नहुने हुदा संबिधानमा निरपेक्षको सट्टा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताउनु भयो । कहिल्यै पनि प्रजातन्त्रको बिकल्प लोकतन्त्र बन्न नसक्ने भन्दै सबैलाइ सिद्धान्त अनुसार अगाडि बढ्नआग्रह गर्नु भयो । प्रदेश स्तरीय यस अधिबेशनबाट प्रजातान्त्रिक बिचार समाजको गन्डकी प्रदेश अद्यक्षमा कास्कीका कृष्ण प्रसाद तिमिल्सिना,सचिवमा कास्कीका डा. नबराज पौडेल, सदस्य,कृष्णहरि गैह्रे तनहँु, र कोषाध्यक्षमा स्याङ्जाबाट सान्ता थापा निर्वाचित हुनुभएको छ । निर्वाचन मन्डलको संयोजक धुर्ब शर्मा पंगेनी रहनु भएको थियो ।
वर्तमान् समयमा देशले भोगीरहेको समस्या, यसबाट हुन सक्ने निकास, देशको दीर्घकालीन प्रभाव र आर्थिक श्रीवृद्धिमा विद्वत् वर्गको भूमिकाका विषयमा गहन छलफल र विमर्श गरियो ।
धन्यवाद ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…