स्याङ्जा-घाँसले बिजुलीको तार छोईदा करेन्ट लागेर महिलाको मृत्यु ।
खगीन्द्र पौडेल,
वालिङ, माघ १४ गते ।
स्याङ्जाको पुतलीबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–८ की ५० बर्षीय चन्दकुमारी सुनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्दबहादुर रानाले जानकारी दिनुभयो ।
घाँस बोकेर घर तर्फ आउने क्रममा घाँसले बिजुलीको पोलमा छुन गई करेन्ट लाग्दा सुनारको मृत्यु भएको प्रबक्ता रानाले बताउनु भयो ।
शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल स्याङजा पठाईएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


