छेपारो र बाज
नेपालका सबै प्रदेशहरूमा साना-ठूला, उत्कृष्ट-मध्यम र निम्नस्तरका धेरै जँगलहरू छन् । ती जङ्गलहरूमा विविध प्रजातीका जीवजनावरहरू आ-आफ्नै ढङ्गले विचरण गरिरहेका छन् । कुनै एक प्रदेशको सानो जङ्गलको छेउमा एउटा डसाहा सरिसृप प्रजातीको अल्छी छेपारो बस्दोरहेछ । उसले आफ्ना वरिपरि रहेका बिरूवाका बोक्राहरू चुसेर बिरूवाहरूलाई बिस्तारै सुकाउने गर्दोरहेछ । जङ्गलका अन्य जीवजन्तुहरू माथि विभिन्न प्रकारले डस्दो रहेछ । उनीहरूलाई अमन चैनले दिनचर्या बिताउन नदिदो रहेछ । उनीहरूलाई डरत्रास देखाएर म त यहाँको राजा हो । तिमीहरू सबैले मेरो हुकुम मान्नुपर्छ । मेरो शासनशैली जे जस्तोसुकै भए पनि सदैव सहनुपर्छ भन्दोरहेछ । सोही अनुसार आफ्नो दैनिक कामकारवाही चलाउँदो रहेछ । म यहाँको राजा हो । अब मलाई कसैले पनि हल्लाउन सक्दैन भन्ने सोच्दो रहेछ । अन्यत्र कहिँ कतैबाट अलि अजङ्गको जीव आउने आभाष पायो भने चाँही छिटोछिटो, हतार हतार गरेर दमित जीवजन्तुहरूलाई फकाउने र हल्का राहत दिएजस्तो गर्ने गर्दोरहेछ । अरू जङ्गलका सरदारहरूसँग भेटेर अनावश्यक साँठगाँठ गर्ने र आफूभन्दा बलियो जीवलाई त्यस जङ्गलमा आउने बाटो छेक्न खोज्दो रहेछ । अनि फेरि जङ्गलका निरीह प्राणीहरू प्रति हेपाहा प्रवृत्ति देखाउँदो रहेछ ।
उसले त्यस जङ्गललाई कसरी मनमोहक बनाउन सकिएला भनेर विचार विमर्श, चिन्तन, मनन गरेछ र छेपारोलाई भनेछ – ‘हामी फरक प्रजातीका भए पनि यस जङ्गललाई सुन्दर बनाऔं । हामी एकापसमा मिलेर काम गरौँ । यसरी काम गरियो भने सुन्दर बनाउन सकिन्छ ।’
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


