छेपारो र बाज
नेपालका सबै प्रदेशहरूमा साना-ठूला, उत्कृष्ट-मध्यम र निम्नस्तरका धेरै जँगलहरू छन् । ती जङ्गलहरूमा विविध प्रजातीका जीवजनावरहरू आ-आफ्नै ढङ्गले विचरण गरिरहेका छन् । कुनै एक प्रदेशको सानो जङ्गलको छेउमा एउटा डसाहा सरिसृप प्रजातीको अल्छी छेपारो बस्दोरहेछ । उसले आफ्ना वरिपरि रहेका बिरूवाका बोक्राहरू चुसेर बिरूवाहरूलाई बिस्तारै सुकाउने गर्दोरहेछ । जङ्गलका अन्य जीवजन्तुहरू माथि विभिन्न प्रकारले डस्दो रहेछ । उनीहरूलाई अमन चैनले दिनचर्या बिताउन नदिदो रहेछ । उनीहरूलाई डरत्रास देखाएर म त यहाँको राजा हो । तिमीहरू सबैले मेरो हुकुम मान्नुपर्छ । मेरो शासनशैली जे जस्तोसुकै भए पनि सदैव सहनुपर्छ भन्दोरहेछ । सोही अनुसार आफ्नो दैनिक कामकारवाही चलाउँदो रहेछ । म यहाँको राजा हो । अब मलाई कसैले पनि हल्लाउन सक्दैन भन्ने सोच्दो रहेछ । अन्यत्र कहिँ कतैबाट अलि अजङ्गको जीव आउने आभाष पायो भने चाँही छिटोछिटो, हतार हतार गरेर दमित जीवजन्तुहरूलाई फकाउने र हल्का राहत दिएजस्तो गर्ने गर्दोरहेछ । अरू जङ्गलका सरदारहरूसँग भेटेर अनावश्यक साँठगाँठ गर्ने र आफूभन्दा बलियो जीवलाई त्यस जङ्गलमा आउने बाटो छेक्न खोज्दो रहेछ । अनि फेरि जङ्गलका निरीह प्राणीहरू प्रति हेपाहा प्रवृत्ति देखाउँदो रहेछ ।
उसले त्यस जङ्गललाई कसरी मनमोहक बनाउन सकिएला भनेर विचार विमर्श, चिन्तन, मनन गरेछ र छेपारोलाई भनेछ – ‘हामी फरक प्रजातीका भए पनि यस जङ्गललाई सुन्दर बनाऔं । हामी एकापसमा मिलेर काम गरौँ । यसरी काम गरियो भने सुन्दर बनाउन सकिन्छ ।’
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


