थप २६३ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु ।

काठमाण्डौ:
पछिल्लो २४ घन्टामा देशभरका थप २६३ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी अपडेट अनुसार ३१६५ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ५०१ जना संक्रमणमुक्त भएका छन्। भने सोही अवधिमा दुई जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा कूल १ लाख २७ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५४३४ रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…