कोरोना संक्रमण बढ्दै गर्दा चौथो लहरको आशंका ।
काठमाण्डौ :
आज देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । कोरोना संक्रमणको दर नेपालमा फेरि उकालो लाग्न थालेको छ ।
यसले कतै कोरोना संक्रमणको चौथो लहर भित्रिएको हो कि भन्ने आशंका उब्जाएको छ । अर्कातिर आमनागरिकमा स्वास्थ्य मापदण्डमा चरम लापरबाही बढ्दो छ । सरकारी संयन्त्र पनि सम्भावित अवस्थाबारे बेखबर देखिन्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशत भन्दा कम भएमा मात्र सामान्य भन्न मिल्ने बताउँछन् । असार महिनाको मध्यसम्म एक प्रतिशतमात्र रहेको कोरोना संक्रमण दर अहिले बढेर १६ प्रतिशत पुगिसकेको छ ।
पछिल्लो समय विश्वमा ओमिक्रोनका दुई नयाँ उपप्रजाति बिए पोइन्ट फोर र बिए पोइन्ट फाइभ संक्रमण बढिरहेको अवस्थामा नेपालमा पनि बिए पोइन्ट फाइभ सङक्रमण पुष्टि भइसकेको छ ।
सरोकारवाला निकायले चौथो लहर भित्रिएको पुष्टि नगरे पनि पछिल्लो समय बढ्दै गइरहेको कोरोना संक्रमण दर र सक्रिय संक्रमितको संख्याले पनि चौथो लहर भित्रिन सक्ने संकेत गरेको छ । नागरिकका लागि स्वास्थ्य मापदण्ड एकादेशको कथा भइसकेको छ ।
सामाजिक दूरी कायम गर्नु त परै जाओस्, मास्क लगाउन प्रचलन समेत हराउँदै गएको छ । सार्वजनिक स्थान, यातायात, बाटोघाटो, किनमेलमा हिँड्नेहरूमा बेवास्ता बढेको छ । पहिलो, दोस्रो र तेस्रो चरणको महामारी भोगेका नागरिकमा स्वास्थ्यप्रति संवेदनशीलता देखिँदैन ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार दैनिक कुल परीक्षणको ८ देखि १६ प्रतिशत सम्ममा संक्रमण देखिएको छ । एक साताको सरकारी तथ्याङ्कले नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लागेको पुष्टि गर्छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …