अब गुड्ने ‘मिनी अस्पताल’ ।
काठमाण्डौ:
नेपालमा बिरामी बोक्न स्ट्रेचर, अक्सिजन सिलिन्डरलगायत केही सामान्य उपकरण भएका एम्बुलेन्स मात्रै सञ्चालनमा छन् । तर, अब अस्पतालमाजस्तै भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, अल्ट्रासाउन्ड मेसिन, इसिजी मेसिन, सिरिन्ज पम्प, इनफ्युजन पम्पजस्ता उपकरण एउटै गाडीभित्र भएको ‘सामूहिक उद्धार एम्बुलेन्स’ पनि भित्रिएको छ ।
एउटै गाडीभित्र ६ वटा सुविधायुक्त बेड भएको एम्बुलेन्समा राखिएका सिसिक्यामेरामार्फत टाढैबाट विशेषज्ञ डाक्टरले बिरामीको उपचारमा गाइडसमेत गर्न सक्छन् । केही बिरामीलाई कुर्सीमा राखेर पनि उपचार गर्न सकिन्छ ।
नेपालमै पहिलोपटक राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्ता आठवटा गुड्ने ‘मिनी अस्पताल’ व्यवस्थापन गरेको हो । शनिबार गृहमन्त्री बालकृष्ण खाणले ती एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेका छन् । सात प्रदेशमा एक–एकवटा तथा काठमाडौं उपत्यकामा एउटा वितरण गरिने छ ।
गाडीभित्र अस्पतालमा जस्तै भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, अल्ट्रासाउन्ड मेसिन, इसिजी मेसिन, सिरिन्ज पम्प, इनफ्युजन पम्पजस्ता उपकरण हुन्छन्
गृहमन्त्री खाणले थप आठवटा ‘ए क्लास एम्बुलेन्स’ पनि सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेका छन् । यी एम्बुलेन्स सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा सञ्चालन हुनेछन् । ‘ए क्लास एम्बुलेन्स’ पनि सातवटा प्रदेशमा एक–एकवटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ ।
त्यसैगरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपत्का घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने ६२ प्रकारका खोज र उद्धार उपकरण पनि हस्तान्तरण गरिएका छन् । सोही अवसरमा राष्ट्रिय अपांग कोषसँगको सहकार्यमा खरिद गरिएको अपांगता सहायता सामग्री राष्ट्रिय अपांग कोषलाई हस्तान्तरण गरिएको छ । ती सहायता सामग्रीमा ह्विलचेयर, कृत्रिम हातखुट्टालगायत एक सय ५१ प्रकारका सामग्री छन् ।
हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्तव्य राख्दै गृहमन्त्री बालकृष्ण खाणले सबै सामग्री सम्बन्धित ठाउँमा पुर्याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा सदुपयोग गर्न निर्देशन दिए । गृहसचिव टेकनारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा उपकरण महत्वपूर्ण हुने धारणा राखे ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरलेको एम्बुलेन्स तथा उपकरणको व्यवस्थाले नेपालमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसबाट खोज तथा उद्धारमा ठूलो प्रभाव पर्ने बताए ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट वेलावेला प्राप्त उपकरणले बलको खोज तथा उद्धार क्षमता अभिवृद्धि भएको बताए ।
यी सबै साधन तथा उपकरण सरकारको बजेट स्रोतबाट व्यवस्थापन भएको हो । जसमध्ये, विपत् सामूहिक उद्धार एम्बुलेन्स र अपांगता सहायता सामग्री विश्व बैंकद्वारा व्यवस्थापन गरिएको एमडिटिएफबाट प्राप्त सहयोगबाट खरिद गरिएको हो ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…