थप १५८ जनामा कोरोना, २ जनाको मृत्यु ।

काठमाण्डौ:
पछिल्लो २४ घण्टामा देशभर १५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी दैनिक अपडेट अनुसार आरटी पीसीआर परिक्षण गर्दा ९२ जना र एन्टिजन परिक्षण गर्दा ६६ जना गरि जम्मा १५८ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३५४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । योसँगै, हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३८ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ जना रहेको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…